
काठमाण्डु, २३ भदौ – भदौ पहिलो साता नेपाल मेडिकल काउन्सिल टोली अनुगमनका लागि अस्पताल पुग्दा जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका बेड बिरामीले भरिभराउ थिए । नर्स र रेजिडेन्ट चिकित्सकलाई अघिल्लै दिनदेखि बिरामीको विवरण उतार्न भ्याइनभ्याइ थियो ।
टोलीले अस्पतालको कुल शय्याको ६० प्रतिशतभन्दा बढी बेड भरिएको अनुगमन रिपोर्ट दियो । त्यही आधारमा कलेजको एमबिबिएस कोटा निर्धारण थियो ।
काउन्सिल अनुगमनको २० दिनपछि मंगलबार बिहान ८ बजे कलेज अस्पतालको दृश्य भने रिपोर्टको ठिक उल्टो थियो ।
नागरिककर्मी अस्पतालका विभिन्न वार्ड र कक्ष चहार्दा त्यहाँ बिरामी र कुरुवाको खासै चहलपहल थिएन ।
यसबाट प्रस्ट हुन्छ–अनुगमन क्रममा बेड भरिभराउ पारिएका व्यक्ति बिरामी हाइन, नक्कली थिए जो अनुगमन टोली गएपछि आ–आफ्ना बाटो लागे ।
नागरिक दैनिकबाट