काठमाण्डु, २३ भदौ– एकातिर संस्थापन पक्ष संविधानप्रति घुमाउरो शैलीमा अनिच्छा जाहेर गर्ने, अर्कोतिर देउवा पक्ष संविधान बिथोलिएला भनी रात–रातभर संविधानसभातिरै घुम्ने । संविधान विधेयकमाथि संशोधन प्रस्ताव दर्ज गर्नेमा नेपाली कांग्रेसका संस्थापन पक्षधर अग्रसर भएपछि सिंहदरबारमा यस्तो दृश्य देखिएको हो ।
अमरेशकुमार सिंह ‘भारतीय एजेन्ट’का नामा यति कबाड बन्न पुगे कि, राजनीतिकबृत्तमा उनको कुनै इज्जतै रहेन । यस्तो स्थितिमा उताको कुरा बोक्ने र बोली पनि बिक्ने मान्छे खोजिँदा विमलेन्द्र निधी फेला परेका रहेछन् ।
विमलेन्द्रकै कारण शेरबहादुर देउवाले संशोधन प्रस्ताव दर्ज गर्ने अन्तिम दिन आफू पक्षधर आधा दर्जन सभासद्लाई राम्रोसँग सुत्न दिएनन् । संविधानसभामा वैधानिक रुपमा ह्वीप लाग्दैन । तर मुख्य सत्तारुढ कांग्रेस र एमालेले आफ्नो सभासदलाई आफूखुसी संशोधन हाल्नमा रोक लगाए । यस्ता हुँदा पनि दुवै पार्टीबाट एक–दुई जनताको दरले व्यक्तिगत रुपमा संशोधन दर्ज गर्ने सभासद् निस्किए । विदेशी दाताको रकममा, उतैको एजेन्डा लैजाने वननसहित सभासद्हरुकलाई पाँचतारेमा भोज खुवाईसकेका कांग्रेसका नरेन्द्रकुमार कुमाल, एमालेका पेम्बा भोटेहरुले आ आफ्नो पार्टीको आदेश नमान्नलाई होइन, खाइसकेको डलर पचाउनै भए पनि संशोधन दर्ज गरेर फिर्ता पनि लिए ।
जनआस्था साप्ताहिकबाट