×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली इमेलबाट ठगिँदै नेपाली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नक्कली इमेलबाट ठगिँदै नेपाली

Artha Sarokar

२३ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं २३ भदौ । चीनबाट नियमित रूपमा सामान आयात गर्दै आएका एक नेपाली व्यवसायीले करिब दुई महिनाअघि १३ लाख रुपैयाँ पठाउनुपर्ने थियो । तर, चिनियाँ साझेदारले एक्कासि नियमित बैंक खाता नभई अर्काेमा पैसा पठाउन भन्दै इमेल पठाए । रोमानियामा आफ्नो हिसाबकिताब मिलाउनुपर्ने भन्दै रोमानियाकै बैंकमा पैसा पठाउन आग्रह भएपछि ती व्यवसायीले सोहीअनुसार १३ लाख रुपैयाँ पठाइदिए ।

email

त्यसको केही दिनपछि ती व्यवसायी अचम्ममा परे, जब आफ्ना चिनियाँ साझेदारले सोही सामानको भुक्तानीका लागि आग्रह गरे । नेपाली व्यवसायीले पैसा पठाइसकेका थिए, तर चिनियाँ पक्षले पाएको थिएन । रोमानियामा आफूले पैसा पठाउन इमेल नलेखेको चिनियाँ व्यापारीले बताएपछि थाहा भयो, अरू कसैले ह्याक गरेर त्यसरी अर्काे बैंक खातामा पैसा पठाउन लगाएका थिए । उस्तै इमेलबाट त्यस्तै आग्रह आएकाले नेपाली व्यवसायी झुक्किएका थिए ।

‘इमेल ठेगानामा अलिकति तलमाथि गरेर नयाँ इमेल आइडी बनाएर यसरी ठगी भएको रहेछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने । ती प्रहरी अधिकारीका अनुसार इमेल ह्््याक गरी दुई पक्षबीचको कारोबारको जानकारी लिएपछि अन्तर्राष्ट्रिय ठगहरूले यसरी उस्तै किसिमको इमेल आइडी बनाई अर्काे खातामा पैसा पठाउन लगाएर ठगी गरेका थिए । इमेल ह्याक गरी नेपाली व्यवसायी ठगिएको यो पहिलो घटना होइन । यती एयरलाइन्ससमेत ह्याकरबाट ठगिएको छ । बिमाको पार्टस् खरिदका लागि भनेर हंगेरीको कम्पनीमा पठाएको पैसा ह्याकरहरूले हात पारेका थिए ।

उनीहरूलाई इमेलमार्फत झुक्याएर त्यसरी ठगी गरिएको थियो । कम्पनीले अनुसन्धानका लागि प्रहरीमा आग्रह गरे पनि लिखित उजुरी भने दिएनन् । करिब आठ महिनाअघि एक निर्माण व्यवसायीको यसैगरी ६० लाख रुपैयाँ गुमेको छ । व्यवसायीले भारतीय कम्पनीलाई पैसा पठाउनुपर्ने थियो । तर, उनलाई दुबईमा पैसा पठाउन भन्दै इमेल आयो । सोहीअनुसार उनले दुबईको बैंक खातामा पैसा पठाइदिए । पछि भारतीय पार्टनरले पैसा मागेपछि मात्र उनले आफू नक्कली इमेल आइडीबाट ठगिएको चाल पाएका थिए ।

ती कन्ट्रक्सन व्यवसायीले पनि छानबिनका लागि प्रहरीमा उजुरी दिएका छन् । ती दुवै घटनामा प्रहरीले अनुसन्धानका लागि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोग खोजेको छ । तर, ठगी गर्नेहरू पत्ता लागेका छैनन् । नयापत्रिका

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी