
दुबई, रोल्पा घर भई बिगत ८ बर्ष देखी युएईको रस अल खैमहमा कार्यरत अन्दाजी ३२ बर्षीय रुद्र बहादुर बुढा मगरको दुर्घट्नामा परी मृत्यु भएको छ । रस अल खैमह पोर्सिलिन भन्ने कम्पनीमा कार्यरत मगरको गत सेप्टेम्बर ३ तारिकको दिन रातको ९ ः ५० बजेको समयमा बाटो काट्दै गर्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।
रस अल खैमह स्थित अल हाम्रा शपिङ मलमा गएर फर्कदा पुल मुनी बाट बाटो काट्दा दुर्घट्नामा परेको रस अल खैमहमै कार्यरत धन कुमार नेपालीले बताएका छन ।
शपिङ मलमा जाँदा भने उनी साइकल बिसाएर पुल माथि बाटै गएका थिए । निजका १ श्रीमती र ३ छोराहरु छन् । उनीहरु बिगत केही बर्ष यता दाङमा अस्थाई बसोबास गर्दै आईरहेका छन ।
मृतक मगरको लाशलाई नेपाल पठाउनको लागि आवश्यक प्रकृया सुरु गरिसकिएको र एक दुई दिन भित्रै पठाइने कम्पनी श्रोतले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्