Skip to content
LAXMI SUNRISE BANK

प्रहरीलाई गृहमन्त्री गौतमको यस्तो निर्देशन

अर्थ सरोकार

काठमाण्डु, २२ भदौ– उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले देशमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कुनै सम्झौता नगरिने बताएका छन् ।
मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा शान्ति–सुरक्षाको अवस्था एवं उत्पन्न चुनौती’ विषयक समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सो बैठकमा महानगरीय प्रहरी कार्यालय र पाँचै क्षेत्रका प्रहरी प्रमुखहरुको सहभागिता रहेको थियो ।
बैठकमा गृहमन्त्री गौतमले हाल देखिएका विभिन्नखाले विकृतिलाई कारबाहीको दायराभित्र ल्याउनुपर्ने उल्लेख गर्दै सुरक्षा व्यवस्था थप सुदृढ गर्नुपर्ने बताए । उनले अपराध गर्न उक्साउने र सदभाव भड्काउनेलाई पक्राउ गर्न र चेकजाँच कार्यलाई अझै कडाईका साथ अगाडि बढाउन निर्देशनसमेत दिए ।
समीक्षा बैठकमा गृह प्रवक्ता सहसचिव लक्ष्मीप्रसाद ढकाल, प्रहरी अतिरिक्त महानिरिक्षकहरु, महानगरीय प्रहरी कार्यालय तथा पाँचै क्षेत्रका प्रहरी प्रमुखहरु एवं प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको सहभागिता रहेको श्रोतले बताएको छ ।
सो अवसरमा गृहसचिव सूर्यप्रसाद सिलवालले वर्तमान अवस्थामा शान्ति–सुरक्षा कायम गर्नकालागि सुरक्षा निकायले अझै सक्रियताकासाथ काम गर्र्नुपर्ने बताएका थिए ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति–सुरक्षा कायम गर्नका लागि प्रहरी जनशक्ति हरहमेशा फिल्डमा खटिन सक्ने गरी तयारी हालतमा रहेको जानकारी दिएका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK