
काठमाण्डु, २२ भदौ-सभाध्यक्ष सुवास नेम्बाङले प्रमुख चार दलका शीर्ष नेतालाई संशोधनका बीचबाट संविधानका मस्यौदामा सहमतिको बाटो खोज्न सुझाव दिएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेतालाई डाकेर मंगलबार उनले नेपालको संविधानको परिमार्जित विधेयक २०७२ प्रति असहमति राख्ने राजनीतिक दललाई सहमतिमा ल्याउन थप पहल गर्न आग्रह गरे । अध्यक्ष नेम्बाङले मुलुकको समग्र स्थितिका बारेमा शीर्ष नेतासँग छलफल गर्नाका साथै मस्यौदा विधेयकअघि बढाउने प्रक्रिया र यस बीचमा संशोधनका माध्यमबाट सहमतिमा पुग्न सकिने बाटाका बारेमा जानकारी गराएका थिए ।
अब संविधान आयो आयो
जवाफमा शीर्ष नेताहरुले आजैदेखि असन्तुष्ट पक्षसँग वार्ता प्रक्रियाको प्रयास गरिने सकेसम्म धेरैलाई विश्वासमा लिएर सहमतिको साझा दस्तावेजका रुपमा संविधान जारी गरिने प्रतिबद्धता जनाएका थिए ।
शीर्ष नेतासँगको छलफलपछि सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेम्बाङले भने, ‘अब संविधान आयो आयो ।’ संविधान आउने विषयमा अब कहीँ कतै आशङ्का नगर्न सुझाव दिँदै उनले एक दुई दिनभित्रै संविधान जारी गर्ने मिति तय गरिने जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्