Skip to content
LAXMI SUNRISE BANK

दर खान माइत हिँडेकी विष्णुले राम्दीमा हामफालिन

अर्थ सरोकार

स्याङ्जा : कृष्ण जन्माष्ठमीको ब्रत बसेर दर खान माइत हिँडेकी एक महिलाले राम्दी नदीको पुलबाट हामफालेर छोरासहित आत्महत्या गरेकी छन् ।
स्याङ्जाको पुतली बजार नपा–१ निवासी ३५ वर्षीया विष्णु पौडेल ६ वर्षीय नाबालक छोरालाई च्यापेर स्याङ्जा र पाल्पाको सीमानामा रहेको राम्दी नदीको पुलबाट शुक्रबार हामफालेकी हुन् । पुतली बजारकै एक निजी विद्यालयमा पति
विपन पौडेलसँगै शिक्षण गर्दै आएकी उनले माइत जान्छु भनेर राम्दीबाट हामफालेपछि परिवार शोकमा डुबेको छ ।पोखरास्थित माइत जान्छु भनेर हाँसीखुसी बिदा भएकी पत्नीले छोरोसहित आफ्नै ज्यान लिएको खबर सुनेपछि पति बेहोस छन् ।विष्णुका छिमेकीका अनुसार विष्णुको घरमा
झैझगडा भएको पनि सुनिएको थिए । वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी
निरीक्षक विजय पण्डितले परिवारमा राम्रो सम्बन्ध हुँदाहुँदै विष्णुले छोरालाई समेत लिएर आत्महत्या गर्नुको कारण खुल्न नसेकेको बताए ।
बिहानै उत्तरतर्फको पोखरास्थित माइती गएर ब्रत फुकाइ दर खान हिँडेकी उनी घरबाट ४३ किलोमिटर दक्षिण–पश्चिमको राम्दी पुलमा पुगेर आत्महत्या गरेकी हुन् । पुलबाट हामफालेकी विष्णुको शव प्रहरीले शनिबार फेला पारेर
पोस्टमार्टम गराएको छ । आमासँगै खोलामा झरेका छोराको शव भने अझै भेटिन सकेको छैन ।घटनाबारे जेठाजुले जाहेरी दिएपछि घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक पण्डितले जानकारी दिए ।छोरालाई पनि लिएर गइन्
घरबाट छोरालाई च्यापेर निस्केकी विष्णु माइत नगइ सिधै दक्षिण–पश्चिम हान्निएकी थिइन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार राम्दीबाट हामफाल्न खोज्दा नाबालक छोरा भाग्न खोजेका थिए ।हामफाल्न नमानेर भाग्दै गरेको छोरालाई जबरजस्ती तानेर उनले कपडाले बाँधेपछि हामफालेको केही प्रत्यक्षदर्शीबाट खुल्न आएको प्रहरीको भनाइ छ ।घटनाको अनुसन्धान जारी रहेका घटनाको विस्तृत तथ्य आउन समय लाग्ने प्रहरीको भनाइ छ.

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK