Skip to content
LAXMI SUNRISE BANK

कुन कुन राशिलाई हुन्छ प्रेममा समस्या

अर्थ सरोकार

    मेष राशि

मेश राशिका जोडीकोबीचमा समस्या आइरहन्छ तर कुनै पक्षले अलिकति मात्र समझदारी पुर्‍याएमा भने समस्या समाधान हुन समय लाग्दैन ।

    वृष राशि

यो राशिका जोडीलाई विवाह बचाउँन मुस्किल पर्छ । खासगरी यो राशिका पुरुष कतिबेला प्रेमी बन्ने कि जीवनसाथी भन्ने अलमलमै जीवन विताउँछन् ।

    मिथुन राशि

मिथुन राशिका ब्यक्ति आपसी समझदारी कायम राख्न सबै भन्दा उत्कृष्ठ मानिन्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमिकालाई साथ पनि दिन्छन् ।

    कर्कट राशि

कर्कट राशिका ब्यक्तिलाई प्रेममा समस्या आइरहन्छ । खासगरी स्वास्थ्य समस्या हुने भएका कारण यो राशिका ब्यक्ति कम बोल्ने हुन्छन् । जसले सम्बन्धमा समस्या आइरहन्छ ।

    सिंह राशि

सिंह राशिका ब्यक्तिको प्रेम निकटतामा मात्र सम्भव हुन्छ । टाढा हुने वित्तिकै यिनीहरुसँग सम्बन्धमा समस्या आउँछ । यो राशिका ब्यक्ति प्रेमी प्रेमीकासँग नछुट्टिनु बुद्धिमानी हुन्छ ।

    कन्या राशि

कन्या राशिका ब्यक्तिको प्रेममा धेरै उतार चढाव आउँदैन । यिनीहरुको सम्बन्ध निक्कै बलियो हुने हुँदा चाहेर पनि छुटाउन सकिँदैन । तर यो राशिका ब्यक्ति प्रेम ब्यक्त गर्न र परिवारमा भन्न भने डराउँछन् ।

    तुला राशि

तुला राशिका ब्यक्ति प्रेमलाई भन्दा प्रतिष्ठालाई महत्व दिन्छन् । यसले कहिले काँहि प्रेम सम्बन्धमा समस्या ल्याउन सक्छ । कहिले काँहि यिनीहरुको घमण्डले प्रेम नै टुक्रिन सक्छ । तर कहिले भने अत्याधिक झुक्ने बानी समेत यिनीहरुमा हुन्छ ।

    वृश्चिक राशि

यो राशिका ब्यक्ति प्रेमको विषयमा निक्कै धेरै सोंच्छन् । सोंच्ने बढी र प्रेम ब्यक्त कम गर्ने समस्या यो राशिका ब्यक्तिमा हुन्छ । यो राशिका ब्यक्तिको प्रेममा उतार चढाव आइरहन्छ ।

    धनु राशि

धनु राशिका ब्यक्तिको प्रेममा समस्या आइरहन्छ । प्रेम, जीवन, निजी जीवन तथा कार्यक्षेत्रमा सन्तुलन मिलाउन नसक्दा यिनीहरुले प्रेममा झन्झटको सामना गर्छन् ।

    मकर राशि

मकर राशिका ब्यक्तिले अहंकार देखाउने भएका कारण प्रेममा झन्झट ब्यहोर्छन् । यो राशिका ब्यक्तिले प्रेमी प्रेमीकासँग रवाफ देखाउँछन् । यसका कारण प्रेम सम्बन्धमा मधुरता समाप्त हुँदै जान्छ ।

    कुम्भ राशि

कुम्भ राशिका ब्यक्तिको जीवनमा सामान्य सामान्य कुराले पनि प्रेम सम्बन्ध गाढा हुने र सामान्य कुराले सम्बन्ध टुट्ने हुन्छ । यो राशिका ब्यक्ति प्रेममा नयाँ पन ल्याउने प्रयास गरिरहन्छन् जुन कहिलेकाँहि प्रेम टुट्ने कारण नै बनिदिन्छ ।

    मीन राशि

मीन राशिका ब्यक्तिले प्रेमलाई अत्याधिक महत्व दिन्छन् । अनावश्यक महत्व दिने भएका कारण यो राशिका ब्यक्ति प्रेममा दुःखी भैरहन्छन् । आफ्नो निजी जिन्दगी र प्रेम तथा कार्यालय वा ब्यापारको बिचमा दुरी कायम राख्न सक्दैनन् । अनि समस्या परिरहन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK