ओयसनेपाल डटकमले लेखेको छ । अंग्रेजी उखान छ- तिमीलाई कुमारी केटीसँग बिहे गर्नुछ भने कोक्रोमा पाइएला। कुमारीत्वको भ्रम र आडम्बरका कुरा युगौंदेखि चलिरहेका छन्।
बिहेअघि शारीरिक सम्बन्ध नराखेकी अर्थात् अक्षत योनी भएकी महिलालाई कुमारी भन्ने गरिन्छ, सामान्यतया। तर, अक्षत योनीको अवधारणा त्यति सजिलो भने छैन किनभने साइक्लिङ र खेलकुदले पनि किशोरीको योनीमा भएको झिल्ली च्यातिनसक्छ।केही वर्षअघि सिन्धुपाल्चोकमा एउटा डिभोर्सको घटना भएको थियो। केही वर्षको प्रेमपछि एक जोडीले बिहे गर्यो। एक सातामै श्रीमान्ले श्रीमतीलाई त्यागिदिएको थियो। उसले डिभोर्सको कारण देखाएको थियो, ‘सुहागरातको दिन सम्भोग गर्दा उसको योनीबाट रगत आएन।’
महिला कुमारी हुनु वा नहुनुलाई पहिलो पटक गरिएको सम्भोगको क्रममा योनीबाट रगत बग्नुले कुनै प्रभाव पार्दैन। तर, नेपालमा अझै पनि शिक्षित मानिससमेत यस धारणाबाट ग्रस्त छन्। मेडिकल साइन्सका अनुसार रगत बग्नु वा नबग्नुले महिलाको कुमारीत्वसँग कुनै सम्बन्ध राख्दैन।
कसैकसैमा सम्भोगको क्रममा हाइमेन नच्यातिएको भएमा हाइमेन च्याँतिदा योनीबाट रगत आउनसक्छ। मेडिकल साइन्सका अनुसार खेलकुद, साइक्लिङ, कडा किसिमका कसरत आदिका कारण हाइमेन च्यातिन सक्छ। तर, कतिपय महिला हाइमेनबिना पनि जन्मिएको हुनसक्ने कुरा पत्ता लगाएको छ।
केही महिलामा हाइमेन च्यातिँदा योनीबाट रगत नबग्ने र केही महिलामा हाइमेन नच्यातिने तर हाइमेनको फैलावट क्षमता बढी भएर पनि रगत नबग्न सक्ने कुरा पनि पत्ता लगाएको छ। अतः सम्भोग गर्दा योनीबाट रगत बगेमात्र महिला कुमारी हो भन्ने भ्रममा कदापि पर्नुहुँदैन।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्