
एजेन्सी– २४ भण्टामा १२ जनाले बलात्कार गरे भनेको सुन्दा तपाईंको मन कस्तो होला । तर, यो साचो हो । भारतको राजधानी दिल्लीमा सबेको मन रुवाउने घटना बाहिर आएको छ । पीडितका अनुसार उनलाई २४ घण्टामा १२ जनाले बलात्कार गरे । अर्को दिन उनी त्यहाँबाट भागेर प्रहरी चौकी पुगिन् र प्रहरीलाई सबै कुरा बताइन् ।
यस घटनामा प्रहरीले अहिलेसम्म ६ जनालाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार मंगोलपुरीमा बस्ने यी नाबालिका लागि जागिर लगाईदिने बहानामा जयपुर लगेका थिए । जयपुरको एक होटलमा उनीहरुले युवतिका लागि कोठा बुक गराए । त्यही होटलका कर्मचारी र अन्य मानिस मिलेर उनलाई २४ घण्टासम्म बलात्कार गरे ।
यतिमात्र होईन उनलाई त्यहाँ खाना पनि दिइएन । अर्को दिन उनी त्यहाँबाट जसोत्यसो भागिन् र प्रहरी चौकी पुगिन् । प्रहरीले मेडिकल गराउँदा बलात्कार गरेको पुष्टी भायो । प्रहरीले यस घटनामा अपहरण र बलात्कारको मुद्धा दर्ता गरेको छ ।
उनलाई जागिर लगाईदिने भन्दै लगेका दंम्पत्ति हाल प्रहरीको नियन्त्रणमा छन् । उनीहरुले युवतिलाई देहव्यापारमा लगाउन लगेको खुलासा गरेका छन् ।