Skip to content
LAXMI SUNRISE BANK

विश्वकै होचा डाँगीको शव ल्याउन समस्या

अर्थ सरोकार

काठमाडौँ, २१ भदौ । गिनिज बुक अफ वल्र्ड रकर्डस्मा नाम लेखिएका विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको शव अमेरिकी टापुबाट नेपाल ल्याउन समस्या भएको छ । कानुनी झमेला र कूनतीनिक पहल नहुँदा शव ल्याउन अप्ठ्यारो भएको हो ।

उनको शव अमेरिकाको आइल्यान्ड सामुआस्थित अस्पतालमा राखिएको थियो । चन्द्रबहादुर बिरामी भएर अस्पताल भर्ना भएपछि अहिलेसम्मको खर्च २१ लाख रुपैयाँ (करिब २० हजार डलर) पुगिसकेको छ । उक्त रकम कसले र कसरी तिर्नेबारे अन्योल छ ।

डाँगीको सहयोगीका रुपमा त्यहाँ गएका भतिजा दोलखबहादुर डाँगीसँग त्यत्रो रकम छैन । उनलाई अनवन्धित गरेर त्यहाँ लगेको म्युजिक सर्कस अफ सामुआँसँग पनि डाँगीको कुनै सम्झौता छैन । अन्नपूर्ण पोस्ट

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK