काठमाडौँ, २१ भदौ । पनौती नगरपालिका ४ चामखर्ककी २३ वर्षीया मिलामाया वाइबा बललाई छिमेकी शान्ति सिंतान र विमला तामाङले बोक्सीको आरोपमा कुटपिट गरेका छन् । तीन महिनाकी सुत्केरी विमलालाई १७ भदौमा कुटपिट गरिएको हो ।
आफूलाई घरमै आएर कुटपिट गरेको उनले बताइन् । ‘म बच्चालाई दूध खुवाउँदै थिएँ, एक्कासि विमला र शान्ति आएर भुत्ल्याउँदै कुटपिट गर्न थाले,’ उनले भनिन् ‘मेरो छोरो बिरामी पार्ने तैं होइन ? तँ बोक्सीलाई नमारी छाडि्दन भन्दै कुटे ।’ उनको खुट्टामा चोट लागेको छ ।
विमलाले आफूलाई समातेको र शान्तिले कुटपिट गरेको उनले बताइन् । भूकम्पले घर भत्किएपछि उनी टहरामा बस्दै आएकी छन् । यसअघि पनि उनीहरुले टहराभित्रै आएर बोक्सी भएको आरोप लगाउँदै विभिन्न धम्की दिने गरेको उनले बताइन् ।
उनका श्रीमान बैदेसिक रोजगारमा रहेको र घरमा उनी र उनको बच्चामात्र छन् । विमलाले आफूलाई आक्रमण हुने वित्तिकै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएकी थिइन् । १७ भदौ मै जीवन रक्षाको माग गर्दै प्रहरी चौकी पनौतीमा उजुरी दिएपनि थप अनुसन्धानका लागि १८ भदौमा इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । उत्त मुद्दा थप अनुसन्धानका लागि दर्ता भएको बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले बताए । नयाँ पत्रिका
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्