Skip to content
LAXMI SUNRISE BANK

डिजल र मट्टितेलको मूल्य पुनः घट्यो, यातायात भाडा पनि घट्ने

अर्थ सरोकार

काठमाडौं, भदौ २० । सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनः घटाएको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजल र मट्टितेलको मूल्य घटाएको निगमका प्रवक्ता दिपक बरालले जनाए ।

अब डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८१ रुपैयाँ कायम गरिएको छ ।

यसअघि डिजलको भाउ बारम्बार घट्दा पनि सार्वजनिक यातायातको भाडा घटाइएको थिए । प्रतिलिटर ५ रुपैयाँ भन्दा बढी फरक नपरी यातायातको भाडा दर समायोजन गर्न नमिल्ने भएकाले यसअघि डिजेलको मूल्य घट्दा पनि यातायात भाडा नघटाइएको हो । तर आइतबारको मूल्य कटौतीसँगै पटक–पटक गरी डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटिसकेका कारण अब भने यातायातको भाडा घटाउन दबाब पर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK