Skip to content
LAXMI SUNRISE BANK

जोरपाटीमा गोली चल्यो

अर्थ सरोकार

काठमाडौं  : काठमाडौंको जोरपाटीमा आइतबार साँझ गोली चलेको छ । साँझ गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।

घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरीको टोली परिचालित भइसकेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोस्ट्लाई बताए ।

युवाहरुबी भएको आपसी विवादका क्रममा गोली चलेको हो । सामान्य भनाभनमा जोरपाटी निवासी युवा तेन्जिङ शेर्पाले राजेन्द्रकुमार सिंहलार्इ गोली हानेका हुन् ।

घटनापछि प्रहरीले गोली हान्ने शेर्पालार्इ पक्राउ गरिसकेको छ ।  ‘गोली चलेको जानकारी आएको छ’, एसएसपी कार्कीले भने, ‘प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेकाले विस्तृत विवरणा आउन केही समय लाग्छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK