×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोरपाटीमा गोली चल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जोरपाटीमा गोली चल्यो

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं  : काठमाडौंको जोरपाटीमा आइतबार साँझ गोली चलेको छ । साँझ गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।

घटनाबारे जानकारी पाएपछि तत्काल प्रहरीको टोली परिचालित भइसकेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम कार्कीले अन्नपूर्ण पोस्ट्लाई बताए ।

युवाहरुबी भएको आपसी विवादका क्रममा गोली चलेको हो । सामान्य भनाभनमा जोरपाटी निवासी युवा तेन्जिङ शेर्पाले राजेन्द्रकुमार सिंहलार्इ गोली हानेका हुन् ।

घटनापछि प्रहरीले गोली हान्ने शेर्पालार्इ पक्राउ गरिसकेको छ ।  ‘गोली चलेको जानकारी आएको छ’, एसएसपी कार्कीले भने, ‘प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेकाले विस्तृत विवरणा आउन केही समय लाग्छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी