
राजपुर गाविस वडा नं. ४ को काजोल सामुदायीक वन समुहका अध्यक्ष काम्ताप्रसाद यादवलाई सालको ४ वटा गिण्डा अवैध काठ कटान र ओसार पसारमा संलग्न रहेको भन्दै उपभोक्ताहरुले नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन् ।
वन समुहका उपाध्यक्ष सुरेन्द्रसिंह भण्डारीको नेतृत्वको उपभोक्ताको टोलीले शनिवार वन क्षेत्रको अनुगमन गर्ने क्रममा अध्यक्ष यादवले वन समुहको क्षेत्र भित्र सालको रुख कटान गरी ट्रेक्टर वाट निकासी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । आईतवार बिहान वन समुहका अध्यक्ष र वरामद काठ वन कार्यालय एवम् स्थानीय प्रहरी चौकीको जिम्मा लगाइएको छ ।
वन कार्यालयले वरामद मुचुल्का उठाई काठ समुहको जिम्मा लगाएको छ भने समुहका अध्यक्ष यादवलाई वन ऐन अन्र्तगत कारवाही गर्ने वताएको छ । रुख कटानमा संलग्न ब्यक्तिहरुको पहीचान गरी उनिहरुलाई पनि वन ऐन अन्र्तगत कारवाही गरिने जिल्ला वन कार्यालय दाङले जनाएको छ । उपभोक्ताले सालको ४ गिण्डा र रा १ त १३७७ नम्वरको टे«क्टर पक्राउ गरेका स्थानीय उपभोक्ता आमलाल यादवले जानकारी दिए ।
सामुदायीक वन समुहका पदाधीकारीहरुको मिलोमतोमा अवैध काठको कारोवार हुने सुचना वन कार्यालय र प्रहरी चौकीलाई भएपनि बेवास्ता गर्ने गरेको पाइएको छ ।
– दशरथ घिमिरे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्