×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वन अध्यक्ष नै अवैध काठ सहित पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वन अध्यक्ष नै अवैध काठ सहित पक्राउ

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राजपुर गाविस वडा नं. ४ को काजोल सामुदायीक वन समुहका अध्यक्ष काम्ताप्रसाद यादवलाई सालको ४ वटा गिण्डा अवैध काठ कटान र ओसार पसारमा संलग्न रहेको भन्दै उपभोक्ताहरुले नियन्त्रणमा लिएर वन कार्यालयको जिम्मा लगाएका छन् ।

वन समुहका उपाध्यक्ष सुरेन्द्रसिंह भण्डारीको नेतृत्वको उपभोक्ताको टोलीले शनिवार वन क्षेत्रको अनुगमन गर्ने क्रममा अध्यक्ष यादवले वन समुहको क्षेत्र भित्र सालको रुख कटान गरी ट्रेक्टर वाट निकासी गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । आईतवार बिहान वन समुहका अध्यक्ष र वरामद काठ वन कार्यालय एवम् स्थानीय प्रहरी चौकीको जिम्मा लगाइएको छ ।

वन कार्यालयले वरामद मुचुल्का उठाई काठ समुहको जिम्मा लगाएको छ भने समुहका अध्यक्ष यादवलाई वन ऐन अन्र्तगत कारवाही गर्ने वताएको छ । रुख कटानमा संलग्न ब्यक्तिहरुको पहीचान गरी उनिहरुलाई पनि वन ऐन अन्र्तगत कारवाही गरिने जिल्ला वन कार्यालय दाङले जनाएको छ । उपभोक्ताले सालको ४ गिण्डा र रा १ त १३७७ नम्वरको टे«क्टर पक्राउ गरेका स्थानीय उपभोक्ता आमलाल यादवले जानकारी दिए ।

सामुदायीक वन समुहका पदाधीकारीहरुको मिलोमतोमा अवैध काठको कारोवार हुने सुचना वन कार्यालय र प्रहरी चौकीलाई भएपनि बेवास्ता गर्ने गरेको पाइएको छ ।
– दशरथ घिमिरे

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी