×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लालबाबुको नयाँ धमाकाः तीन वर्ष दुर्गममा नबसे बढुवामा नामै नपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लालबाबुको नयाँ धमाकाः तीन वर्ष दुर्गममा नबसे बढुवामा नामै नपर्ने

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डु, १६ भदौ– डिभी पिआरधारी कर्मचारीलाई सरकारी सेवामा नराख्ने ऐन पारित गराएर चर्चामा आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सुगममै बसिरहने कर्मचारीलाई दुर्गममा पठाउनका लागि कानुनमै कडा व्यवस्था गर्न लागेका छन् ।
निजामती ऐनको पाँचौ संशोधनको गृहकार्य भइरहेको बेला मन्त्री पण्डितले त्यस्तो प्रावधान थप्न लागेका हुन् । मन्त्री पण्डितको योजनाअनुसार, अब तीन वर्ष दुर्गम क्षेत्रमा नबसेमा उक्त कर्मचारीले बढुवा हुन पाउने छैन । उनले भने,‘दुर्गममा सुरुवा गराउने, काज मिलाएर सुगममै बस्ने अनि नम्बर पाएर बढुवा हुने चलन नतोडेसम्म जनताले सरकारी सुविधा पाउँदैनन् । अहिले दुर्गममा जान नचाहने कर्मचारीका लागि त्यस ठाउँलाई आकर्षक बनाएर त्यहाँ जाने उत्प्रेरित गर्ने योजना छ । ’
–बुधबार साप्ताहिकबाट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी