×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूजा गरेर फर्केकी महिलामाथि सामुहिक बलात्कार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूजा गरेर फर्केकी महिलामाथि सामुहिक बलात्कार

Artha Sarokar

१९ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राजविराज : सप्तरी सदरमु्काम राजविराजमा मन्दिरमा पूजा गरेर घर फर्कँदै गरेकी एक महिला सामुहिक बलात्कारको शिकार बनेकी छिन् ।
प्रसिद्ध शक्तिपिठ छिन्नमस्तामा पूजा गरी घर फर्किने क्रममा दुई सन्तानकी आमा ३३ वर्षीया महिलालाई सात जनाको समुहले मंगलबार राति सामुहिक बलात्कार गरेको महिलाले बताएकी छिन् ।
बाटो छेउमै रहेको पोखरी किनारमा सामुहिक बलात्कार भइरहँदा चिच्याएकी उनको आवाज सुनेर पनि मोटरसाइकल र साइकलमा आवतजावत गरिरहेकाले उद्धार गर्न नआएको उनले गुनासो राखिन् ।
घटनालगत्तै पीडितले नजिकको प्रहरी चौकी पकरीमा जानकारी गराएपछि उनलाई उपचारार्थ राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्तनमा दाँतले टोकेको निशान छ भने शरिरभरी कुटपिटको चोटपटक लागेको छ । उनले चिनेका दुई र नचिनेका पाँचजनाले बलात्कार गरेको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।
पीडित महिलाको अस्पतालमा स्वास्थ्य परिक्षण गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
जिल्लामा यो वर्ष भएको बलात्कारको घटना संख्या हेर्दा महिलाहरु अत्यन्त असुरक्षित देखिएका छन् । कसैैलाई दाइजोको लोभीहरुले हत्या गरिरहेका छन् भने कसैलाई कामवासनाको शिकार बनाइरहेका छन् ।
प्रहरी तथ्यांकअनुसार छ महिनाको अवधिमा सामुहिक बलात्कारका चार जनासहित १५ जना महिला बलात्कृत भएका छन् ।
जसमा बालिकाको संख्या अत्यधिक रहेको छ । १५ बलात्कारका घटनामा १० बालिका र पाँच महिला बलात्कृत भएकी छिन् भने ३५ जना आरोपित देखिएका छन् ।
आरोपीहरुमा एक जना १३ र एक जना १५ वर्षका बाहेक ३३ जना युवा उमेरका रहेका छन् । प्रहरी कार्यालयले दर्ता गरेको १५ वटा मुद्दामध्ये एउटा मुद्दामा बालबिज्याई गरेका बालक तारेखमा र अर्का बालक धरौटीमा रिहा भएका छन् ।
बाँकी १३ वटा मुद्दामा ३३ आरोपितमध्ये सात आरोपी पुपक्र्षका लागि थुनामा छन्, नौ जना फरार छन् भने १७ जनालाई वारेण्ट सहितको म्यादी पुर्जी जारी भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी