
महानगरीय अपराध महाशाखा टेकुले जनजाति महासंघका पूर्वमहासचिव आङकाजी शेर्पालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । शेर्पालाई साइबर क्राइमसम्बन्धी अपराधमा थप अनुसन्धानका लागि महाशाखाले महानगरीय प्रहरी परिसरको जिम्मा लगाएको छ ।
जिल्ला अदालत काठमाडौँबाट ४ दिनको म्याद लिई शेर्पामाथि अनुसन्धान भइरहेको परिसरका डिएसपी दिनेश आचार्यले बताए समाजिक सञ्जाल फेसबुक र ट्वीटरको दुरुप्रयोग गर्दै शेर्पाले सामाजिक सद्भाव भड्काउने सन्देश राखेको भन्दै महाशाखाले उनलाई पक्राउ गरेको हो । महाशाखाबाट खटिएको टोलीले शेर्पालाई बुधबार दिउसो बौद्धबाट नियन्त्रणमा लिएको थियो ।
शेर्पा पक्राउपछि सामाजिक सञ्जाल फेसबुकबाट सर्वसाधारणले प्रहरीको आलोचना भन्दा सय गुणा बढी प्रशंसा गरेका छन् । सर्वसाधारणको प्रशंसाबाट आतंकित भएका शेर्पाका समर्थक वाङगेल लामाले भने शेर्पाविरुद्ध प्रहरीको प्रशंसा गर्दै कमेन्ट गरेको भन्दै उनले लेखेका छन्, ‘हेर्दै जा, माचि*** टपरे हो, कुन–कुन पर्छ इन्काउन्टरमा, हामीले पनि कालोसूचीमा नाम चढाइसकेको छु मु** ।’
यस्तै उनले फेसबुक वालमा शेर्पालाई बिनाशर्त नछाडे छानी छानी गोली हान्ने धम्कीसमेत दिएका छन् । टीकापुर घटनालाई लिएर आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्बिर शेयर गर्दै प्रहरीलाई अनावश्यक लान्छना लगाउँदै आएका थिए । विद्युतीय उपकरणको दुरुप्रयोग गरी कसैलाई गालीगलोज गर्नेलाई साइबर क्राइम अन्तर्गत मुद्दा चलाउने कानुनी प्रावधान छ ।
एमाले नेताप्रति पनि गालीगलौज
वाङगेल लामाको फेसबुकले उनी मलेसियामा रहेको देखाउँछ । राइफल लिएर बसेको प्रोफाइल फोटो पोष्ट गरेका उनले आफ्नो स्ट्याटसमा आफू ताम्सालिङ राज्यका पक्षमा रहेको बताएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्थायी कमिटी सदस्य शंकर पोखरेलका तस्बिर पनि राखेर गालीगलौज गरेका छन् । एमाले अध्यक्ष ओलीलाई उनले आमाचकारी गाली गरेर अनेक लाञ्छना लगाउँदै गाली गरेको पाइएको छ ।