
दस दिनदेखि आमरण अनशन गरिरहेका प्रा.डा. गोविन्द केसीले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म अनशन जारी रहने अडान दोहोर्याएका छन् ।
उनको उपचारमा संलग्न चिकित्सकहरूले कुनै पनि बेला भेन्टिलेटरसहितको सघन उपचार चाहिन सक्ने भएकाले अनशन स्थलसँगैको अर्को कोठामा भेन्टिलेटरलगायत अत्यावश्यक उपकरण र औषधि तम्तयार राखेका छन्। कान्तिपुर दैनिकमा समाचार छ ।
शिक्षण अस्पतालमा अनशनरत डा. केसीले ‘गैरजिम्मेवार र असंवेदनशील सरकार’ जनताको आवाज सुन्न बाध्य हुने बताएका छन् ।
‘हाल सरकारले माफियाको हितमा जुन काम गरिरहेको छ, यही आन्दोलनले जनताको हितमा काम गर्न बाध्य हुनेछ,’ उनले भने, ‘जनदबाबका अगाडि तानशाहहरू ध्वस्त भएका छन् भने नेपालीको स्वास्थ्य शिक्षा र सेवासम्बन्धी नैसर्गिक अधिकारको हितविपरीत काम गर्नेहरू कति दिन टिक्न सक्छन् ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्