Skip to content
LAXMI SUNRISE BANK

फ्रि भिसा र टिकट’ अर्थहीन, साउनमै पाँच करोड ठगी

अर्थ सरोकार

वैदेशिक रोजगारीमा मौलाएको ठगी र कामदार ठगिनबाट रोक्न नेपालमा भित्रिएको पैसा विदेशिन रोक्नसमेत सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागु गरे पनि कामदार ठगिने क्रम रोकिएको छैन ।

सरकारले २१ असारदेखि ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’ मा कामदार पठाउने निर्णय गरेको ग¥यो । निर्णय लागु भएसँगै म्यानपावर कम्पनीले गरिब कामदारलाई ठग्न छाड्ने आँकलन गरे पनि ठगिने क्रम झनै बढेको छ । श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले निर्णय लागुसँगै भनेका थिए, ‘यो निर्णय लागु भएपछि नेपाली गरिब कामदारलाई म्यानपावर व्यावसायीले ठग्ने क्रममा कमी आउने छ । स्वदेशको पैसा विदेश जान कमी आउने छ ।’ राज्यमन्त्री गुरुङले यस्तो बताए पनि उनको कुरा कुरामै सीमित बनेको छ ।

रोजगारीका लागि विदेश पठाउछु भनेर म्यानपावर व्यावसायीले गरिब कामदारलाई ठग्न छाडेका छैनन् । विभागमा दैनिक ५ उजुरी म्यानपावर व्यवसायीले गरिब कामदारलाई ठगेको उजुरी पर्ने गरेको छ । म्यानपावर व्यवसायीले रोजगारीका लागि विदेश पठाउने भनेर राहदानी नियन्त्रणमा लिने, भनेको समयमा विदेश नपठाउने, बढी शुल्क लिने, पैसा लिएपछि रसिद नदिने, किन बढी पैसा लिएको भनेर सोध्दा व्यावसायीले पालेको भाडाका गुण्डा लगाएर कुटपिट गर्ने गरेको पीडित कामदारको गुनासो छ ।

साउन महिनामा वैदेशिक रोजगारीका नाममा एक सय ८४ उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ । विभागमा दर्ता भएको उजुरीमा व्यक्तिगतका तुलनामा संस्थागत ठगी बढी छ । व्यक्तिगततर्फ ३७ उजुरी परेको छ भने संस्थागत (म्यानपावर) तर्फ एक सय १४ उजुरी परेको छ ।

विभागमा परेको वैदेशिक रोजगारीको ठगीको एक सय ८४ उजुरीमा चार करोड ७२ लाख ९५ हजार ६ सय रुपैयाँ दाबी छ । दाबी रकममध्ये विभागले पीडितलाई ८६ लाख ६० हजार पाँच सय १० रुपैयाँ  बिगो भराएको छ । विभागमा परेका उजुरीमध्ये ६१ उजुरी फरफारक भएको छ भने २९ उजुरी अदालतमा मुद्दा दायर भएको छ । दायर मुद्दाको तीन करोड ९१ लाख पाँच हजार चार सय २० रुपैयाँ बिगो दाबी गरिएको छ । विभागमा परेका उजुरीमध्ये एउटा उजुरीको निर्णय गर्दै विभागले पीडितलाई एकलाख रुपैयाँ बिगो भराएको छ ।

विभागमा संस्थागत र व्यक्तिगत उजुरी आउने गर्दछन् । संस्थागतमा व्यक्तिगतका तुलनामा बढी उजुरी आउने गरेको छ । साउनमा परेको एक सय ४७ उजुरीको दुई करोड ७६ लाख २४ हजार नौ सय रुपैयाँ बिगो दाबी रहेको छ । बिगो दाबीमध्ये ६१ लाख ६० हजार पाँच सय १० रुपैयाँ बिगो भराएको छ । जसमा ५८ उजुरी फरफारक भएको छ । साउनमा विभागले संस्थागततर्फ एउटा मुद्दा अदालतमा दायर गरेको छ ।

व्यवसायीले धेरैलाई थोरै थोरै ठग्ने गरेका छन् भने व्यक्तिगत तर्फ थोरैलाई धेरै रकम ठग्ने गरेका छन् । यस्तै, व्यक्तिगततर्फ ३७ उजुरी परेको छ । उजुरीमा एक करोड ९६ लाख ७० हजार सात सय बिगो दाबी गरिएको छ । बिगो दाबीमध्ये २५ लाख रुपैयाँ बिगो भराएको छ । विभागमा परेको व्यक्तिगत उजुरीमध्ये तीन उजुरी फरफारक भएको छ । व्यक्तिगततर्फको उजुरीमा २८ मुद्दा अदालतमा दायर गरिएको छ । जसका बिगो दाबी तीन करोड ९१ लाख पाँच हजार चार सय २० रुपैयाँ बिगो दाबी गरिएको छ ।

– शोभित थपलिया

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK