
पथरी (मोरङ), १६ भदौ । नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले जस्तोसुकै हालतमा पनि आफ्नो पार्टी संविधान जारी गर्ने पक्षमा रहेको बताएकी छन् ।
एमाले मोरङले बुधबार विराटनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेत्री भण्डारीले विभिन्न जातजातिका नाममा भइरहेका हिंसात्मक आन्दोलनबाट संविधान जारी गर्ने प्रक्रियामा अवरोध पुग्ने भएपनि संविधान जारी भएरै छोड्ने बताइन् ।
आन्दोलनरत मधेसवादी दलहरु वार्तामा आउन नचाहेको बताउँदै उनले विभिन्न भ्रम फैलाएर हिंसात्मक आन्दोलन चर्काउने काम बन्द गर्न ती दललाई आग्रह गरिन् ।
महासचिव ईश्वर पोखरेलले समाजमा हिंसा भड्काउने खालका अपराधिक गतिविधि गर्ने नेपाली जनता नभएको बताए ।
सचिव भीम आचार्यले संविधान जारी गर्न नदिने तत्वले हिंसा भड्काएको बताए । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्