
नयाँदिल्ली भारत, १६ भदौ । उत्तर भारतको चिन्हातमा स्कुले बालबालिका बुधबार विषाक्त खाना खाएका कारण बिरामी परेका यहाँस्थित एक उच्च प्रहरी अधिकारीले जनाएका छन् ।
सुरक्षा स्रोतका अनुसार लखनऊको चिन्हात क्षेत्रमा अवस्थित एक प्राथमिक विद्यालयमा बुधबार दिउँसोको खाना खाएपछि विद्यार्थीहरुले एकाएक पेट दुःखेको र शारीरिक अस्वस्थता महसुस गरेको बताएका थिए ।
सबै बिरामी खतरामुक्त अवस्थामा उपचारारत् भएको प्रहरी अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।
यसैबीच, खाद्य सुरक्षा अधिकारीले खानाको नमुना सङ्कलन गरी ल्याब परीक्षणका लागि पठाइसकिएको छ ।
घटनाको छानबिन गर्न विद्यार्थीका आफन्त तथा परिवारजनले आग्रह गरेका छन् । रासस/सिन्ह्वा
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्