
काठमाडौं– पर्सा प्रहरीका प्रमुख दिवेश लोहनीले मंगलबार कर्फ्यु तोड्ने क्रममा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि फायरिङ भएको बताएका छन्। वीरगञ्जका तीन स्थानमा सुरक्षाकर्मीमाथि आन्दोलनकारीले गोली चलाएको उनले नागरिकन्युजलाई बताए।
नगवा, सुरीपुर र बसपार्कमा क्षेत्रमा सुरक्षाकर्मीलाई लक्ष्यित गरी फायरिङ भएको एसपी लोहनीले दाबी गरे। ‘नगवामा दुई राउन्ड, सुरीपुरबाट दुई राउन्ड र बसपार्कमा ७ राउन्ड गोली प्रहार भएको छ’, उनले नागरिकन्युजसँग भने, ‘फायरिङ र विस्फोटक पदार्थ पड्काएर सुरक्षाकर्मीमाथि आक्रमण भएको छ।’
सद्भावना अध्यक्ष राजेन्द्र महतोको अगुवाईमा वीरगञ्जमा मंगलबार भएको आन्दोलनमा कफ्र्यु तोड्न खोज्दा प्रहरीले चलाएको गोलीबाट ४ जनाको मृत्यु भएको छ।
जिल्ला सुरक्षा समितिले सशस्त्र र नेपाल प्रहरीले स्थिति नियन्त्रण गर्न नसकेको निष्कर्ष निकाल्दै वीरगञ्जलाई दङ्गागस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। दङ्गाग्रस्त क्षेत्र घोषणा भएसँगै वीरगञ्जका सडकमा नेपाली सेनाले पेट्रोलिङ गरिरहेको छ। सडकहरु सुनसान हुँदै गएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्