Skip to content
LAXMI SUNRISE BANK

समाज भड्काउने अभियानमा आङकाजी : सभाषदहरुलाई जलाउने घोषणा

अर्थ सरोकार

आङकाजी शेर्पा बिबादमा आईरहने पात्र हुन् । जनजातीको उत्थानका लागि भन्दै उनले मर्ने र मार्ने सम्मका कुरा गर्छन । उनले आजभोली दैनिकजसो सामाजिक सद्भाव भड्काउने उत्तेजित खालका स्टाटसहरु फेसबुकमा राख्ने गरेका छन् ।

आजमात्रै उनले सभाषदहरुलाई संविधानसभा भित्रै जलाउने र गृहमन्त्रीलाई फाँसी दिने घोषणा गरेका छन् । जनजाति, मधेसी र मुस्लीमलाई तर्साउन उनीहरुको गाउँमा राखेका गिरिजाप्रसाद कोईराला,मदन भण्डारी,मनमोहन देखी पृथ्वीनारायण शाहसम्मका शालिक भत्काउने अभियान शुरु भएको घोषणा गर्दै स्टाटस पोष्ट गरेका छन् ।

त्यस्तै उनले कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टि भिलाई जलाउन भन्ने सन्देश दिन सक्ने बताउँछन् । प्रहरी कर्मचारीभित्रपनि सद्भाव भड्काउन उनले आदिवासी प्रहरी, सेना र कर्मचारी विद्रोहको तयारीमा रहेको उल्लेख गर्छन् ।

यसअघि पनि उनले एमाओवादी अध्यक्ष प्रचण्ड जीवित रहनुको कुनै अर्थ नरहेको वताएका थिए । यो मुलुकमा जसले जे मन लाग्यो त्यो बोल्न पाउँछ ?

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK