
वीरगन्ज, १५ भदौ । वीरगन्जमा मधेस केन्द्रित दलहरूको आन्दोलनले उग्र रूप लिँदा प्रहरीले गोली चलाएपछि सोमबार एक आन्दोलनकारीको मृत्यु भएको छ । स्थानीय प्रशासनले सोमबार अपराह्न चार बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ।
आन्दोलनकारीले कफ्र्यु तोडेर नगरका विभिन्न स्थानका प्रहरी चौकी र सरकारी गाडीमा आगो लगाइदिएका छन्। कर्फ्यू बेला राधेमाई टोलमा प्रदर्शनमा उत्रिएका वीरगन्ज २८ मनियारीका २५ वर्षीय दिलीप चौरसियाको गोली लागेर मृत्यु भएको हो।
पिठयुँमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको थियो। चौरसिया संघीय समाजवादी फोरम नेपालका गाउँ कमिटी सदस्य रहेको फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए। bir
आन्दोलनकारीले वीरगन्ज छपकैयामा रहेको २०६२, ६३ सालको आन्दोलनका अगुवा तथा पछिल्लो परिवर्तनका अग्रणी नेता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सालिक भत्काइदिएका छन्। त्यस्तै, रामगढवास्थित एमालेको पार्टी कार्यालयमा आगो लगाइदिएका छन् भने घन्टाघरनजिकैको नेपाल टेलिकमको भवनमा तोडफोड गर्नुका साथै नापी कार्यालयको ना १ झ २७९ नम्बरको गाडीमा आगो लगाएका छन्।
प्रहरीको गोली र लाठीबाट ३५ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन् । गोली लागेर घाइते हुनेमा जाकिर मिया, राजकुमार सोनार, पन्नालाल यादव, कृष्ण पटेल, अनवर हवारी, इरफान अन्सारी, मुन्ना यादव, विराज कुशवाहा, सुनिल साह, रामजी तुराहालगायत तीनजना बालक पनि छन्।
घाइतेमध्ये जाकिर, पन्नालाल, कृष्ण र मुन्नाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्। घाइते १६ जनाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको आकस्मिक कक्षका स्वास्थ्यकर्मी जयमोद ठाकुरले बताए।
अन्नपूर्णपोष्टका अनुसार सोमबार बेलुकीसम्म वीरगन्जका विभिन्न स्थानमा भएको झडपमा प्रहरीले सय राउन्डभन्दा बढी गोली प्रहार गरेको छ। यस्तै ६० राउन्डभन्दा बढी रबरको गोली र पाँच दर्जनभन्दा बढी सेल अश्रुग्यास पनि प्रहरीले प्रहार गरेको छ।
स्थानीय प्रशासनले भने प्रहरीले कति राउन्ड गोली चलायो भन्ने विषयमा कुनै जानकारी दिएको छैन। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज उपमहानगपालिका क्षेत्रमा सोमबार अपराह्न चारबजे देखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु लगाएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
कर्फ्यूकै समयमा आन्दोलनकारीले रानीघाट, अशोकवाटिका र गण्डकस्थित प्रहरीचौकीमा आगो लगाइदिएका छन्। यस्तै छपकैयामा रहेको नेपाल प्रहरीको बिटमा तोडफोड भएको छ।
नगवास्थित बाइपासमा सोमबार दिउँसो मधेस केन्द्रित दलले अवरुद्ध पारेको सडक खुलाउने प्रयास गरेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो।आइतवार राति मधेसी दलका कार्यकर्ताले निषेधित क्षेत्र बाइपासमा प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गाउँमै प्रवेश गरी सर्वसाधारणलाई समेत कुटपिट गरेको थियो।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्