
काठमाडौं, भदौ १३–प्रधानमन्त्री सुशील कोइरालाले १९ बर्षमुनिको समूहमा सार्क विजेता बनेको नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन गरेका छन् । कोइरालाले आइतबार साँझ नेपाली टोलीका कप्तान बिमल घर्तीलाई टेलिफोन गरी बधाई दिएका हुन् । घर्ती आइतबार भारतको पुणेमा पुगेका छन् । टेलिफोनमा प्रधानमन्त्री कोइरालाले साफ विजेता बनेर नेपाली टोलीले यस क्षेत्रमा राष्ट्रिय प्रतिष्ठा उचो बनाएकोमा आफू गौरवान्वित भएको बताउदै यो सफलताको लागि नेपाली टीमका कप्तान,प्रशिक्षक र समस्त टीमका सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गरेका थिए । उनले आगामी दिनमा क्षेत्रीय र अन्तराष्ट्रिय प्रतियोगितामा यसरी नै सफलता प्राप्त होस् भन्ने शुभकामना पनि दिएका थिए । टेलिफोन वार्तामा विभिन्न अभावका बाबजूद नेपाली फुटबल टोलीले प्राप्त गरेको यस सफलताले सम्पूर्ण खेलाडी र खेलप्रेमी नेपालीहरुलाई उत्साहित गरेको पनि बताए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले फूटबल खेलको विकासको लागि सरकारले यथासक्य सहयोग गर्नुको साथै खेलाडीहरुलाई प्रोत्सान दिने बताए ।
टेलिफोनमा प्रधानमन्त्री कोइरालाले भारतको पुणेमा हुने प्रतियोगिता पनि यस्तै सफलता प्राप्त होस् भन्ने शुभकामना दिएका थिए । नेपाली टोलीका कप्तान घर्तीले प्रधानमन्त्री कोइरालाले दिएको बधाई र शुभकामनाका प्रति कृतज्ञता प्रकट गर्दै आफू नेपाल फर्कने वित्तिकै प्रधानमन्त्रीलाई भेट्ने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्