Skip to content
LAXMI SUNRISE BANK

टिपरले बाटो काटिरहेका दुईजनालाई किच्यो

अर्थ सरोकार

काठमाडौं : राजधानीको गैरीगाउँ पेट्रोलपम्प नजिकै मूल सडकमा बाटो काटिरहेका पैदलयात्रुलाई  बा २ ख ८३२२ नम्बरको टिपरले किचेर गम्भीर घाइते बनाएको छ ।

बाटो काटिरहेको देख्दादेख्दै पनि जबरजस्ती पेलेर अगाडि बढेको टिपरले दुईजना पुरुपलाई किचेर सडकमै ढलाएको थियो । दुवैजनाको टाउकोबाट रगत बगेको थियो । प्रत्यक्षदर्शीले घाइते दुवैलाई उद्धार गरेर अस्पताल पुर्‍याएका छन् । टिपरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

सडक यात्रुहरुलाई किचेपछि भागेका चालकलाई  प्रहरीले पक्राउ गरेको छ।  यही ठाउँ यसअघि पनि टिपरले किचेर केहीको ज्यान लिइसकेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK