
प्रधानमन्त्री सुशील कोइरालाले त्रिवि शिक्षण अस्पतालमा अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई ‘ज्यान ठूलो हो’ भनेर सम्झाइदिन चिकित्साशास्त्र अध्ययन संस्थान(आइओएम)का विद्यार्थीहरूदाई सुझाव दिएका छन्। धर्नासहित ज्ञापनपत्र बुझाउन शनिबार बालुवाटार पुगेका संस्थानका विद्यार्थीहरूमध्ये तीनजनालाई भित्र बोलाएर यस्तो आग्रह गरेका छन् ।
प्लेकार्ड बोकेर चर्का नारा लगाइरहेका विद्यार्थीलाई सुरक्षाकर्मीमार्फत भित्र बोलाएका प्रधानमन्त्रीले सरकारले पहिलेभन्दा धेरै काम गरिसकेको दाबी गरेका थिए ।
सुरुमै भेट्न गएका मध्य रेजिडेन्ट चिकित्सक डा.नर्मल लामिछानेले डा. केसीको अनशन छैटौ दिनमा चलिरहेको र यसपटक अघिल्ला पटकभन्दा स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका थिए । ‘काम हुँदैछ, उहाँलाइृ सम्झाइदिनुस्, सबैभन्दा ७ूलो कुरा ज्यान होm’ प्रधानमन्त्रीले विद्यार्थीलाई भनेको भेटमा सहभागी अर्का विद्यार्थी सुमन आचार्यले बताए ।
डा.केसी अनसन बसेको छैठौ दिन बितिसक्दा पनि सरकारले उनका माग सम्बोधन गर्ने प्रयाससमेत गरेको छैन । यसअघि तेस्रो दिन सरकारले एकतर्फी रूपमा अनसन तोड्न आग्रह गर्दै पत्र पठाएको थियो । त्यसयता सरकारका कोही पनि अधिकारी केसीको माग पुरा गर्न पहल नगरेको सहकर्मीहरू चिकित्सकहरूले गुनासो गरेका छन्। नागरिक दैनिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्