
काठमाडौं-पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ महँगी मोडलको रूपमा स्थापित हुँदैछिन्। मुम्बईमा टिसिरिजको एउटा गीत रिमेकमा काम गरेर फर्किएकी उनले नेपाली फिल्मको गीतका लागि एक लाख रुपैयाँ लिन थालेकी हुन्।
पुरानो नेपाली फिल्म ‘माइतीघर’का गायक प्रेमध्वज प्रधान र उषा मंगेस्करको ‘नमान लाज’को रिमेक गीतमा उनले सो रकम पारिश्रमिक लिएकी हुन्। फिल्मभन्दा म्युजिक भिडियोमा आफ्नो रुचि भएको उनले बताउँदै आएकी छिन्। ‘फिल्मभन्दा म्युजिक भिडियोहरूमा काम गर्न चाहन्छु। बल्ल करियर सुरु गर्दैछु, व्यवसायमा कामको मूल्य त भइहाल्छ नि,’ सृष्टिले आफ्नो पारिश्रमिकबारे नागरिकसँग भनिन्, ‘थोरै गीतमा काम गर्छु, तर राम्रो गर्छु।’
हालै सार्वजनिक भएको गायिका देविका बन्दनाको ‘सधैं सधैं’ म्युजिक भिडियोमा अभियन गरेबापत उनले ८० हजार लिइन्।
‘सधैं सधंै’मा डिजाइनर आस्तिकसँगै काम गरेको हुँदा केही कम रकममा काम गरेको हुँ,’ उनले भनिन्। आगामी भदौ १२ मा अस्ट्रेलियामा हुने ‘फेसनमान्डु’मा सहभागी हुनुपर्ने भएको उनले तत्काल म्युजिक भिडियोका काम केही पर सारेकी छन्। उनले भनिन्, ‘केही काम बाँकी नै छन्, उताबाट फर्किएपछि सुरु गर्नेछु।’
नेपाली म्युजिक भिडियोमा चलेका मोडलहरू नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी र नीता ढुंगानाले झन्डै २५ देखि ५० हजार हाराहारीमा पारिश्रमिक लिने गरेका छन्। एउटा म्युजिक भिडियोमा काम गरेबापत नम्रताको रेट ५० हजार हो। झन्डै ४५ भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी उनले गीत र निर्देशकअनुसार काम गर्ने प्रतिक्रिया दिइन्। ‘हरेक म्युजिक भिडियोमा नयाँपन खोज्ने गरेको छु,’ उनले भनिन्, ‘कामअनुसारको पारिश्रमिक पनि राम्रो हुनुपर्छ।’ उनीद्वारा अभिनित ‘लाजको लाली’, ‘मायालु मुहार’, ‘बिस्तारी बिस्तारी’, ‘यत्ति धेरै’, ‘म त नाचेँ’, ‘मायामा गल्ती हुन्छ’ र ‘मायालुलाई’ लगायत गीतहरूको म्युजिक भिडियो चर्चामा छन्।
अभिनेत्री प्रियंका कार्की महिनामा दुईदेखि चार वटासम्म म्युजिक भिडियो गर्छिन्। हरेक म्युजिक भिडियोबापत उनले लिने पारिश्रमिक हो, करिब ४० हजार। ‘गीत र टिम छनोट गरेर काम गर्ने हुँदा राम्रो काममा जोड दिएको हँु,’ उनले भनिन्, ‘अधिकांश म्युजिक भिडियोको काम एक दिनमा काम सक्नुपर्छ। राजधानीबाहिर जाँदा दुई दिन बित्छ, त्यसमा ५० हजारसम्म लिएको छु।’ करिब ५५ हाराहारी म्युजिक भिडियो गरिसकेकी उनलाई सन् २००६ मा स्वर्गीय आलोक नेम्बाङको ‘तिम्रो पछ्यौरी’ को काम मनपर्छ।
गायक हेमन्त शर्माको गीतमा काम पछिल्लोपटक काम गरेकी नीता ढुंगानाले भने ३५ हजार पारिश्रमिक लिने गरेकी छिन्। अधिकांश म्युजिक भिडियोको लागि उनले सर्वप्रथम गीत माग्ने गरेकी छिन्। ‘गीत सुनेपछि मात्र निर्णय गर्ने गरेको छु। अधिकांश गीत मेलमार्फत प्राप्त हुन्छन्,’ उनी भन्छिन्, ‘प्रायः म्युजिक भिडियोको सुटिङ एक दिनमा सकिन्छ। एक दिनभन्दा बढी र राजधानीबाहिरको परिस्थितिमा ४० हजारसम्म पुग्छ।’ उनले ‘बारुली कम्मर’, ‘बतास’, ‘म त हरपल’ र ‘चाहिँदैन’ लगायतमा काम गरेकी छिन्।
हाल अमेरिकामा रहेकी केकी अधिकारीले भने पछिल्लो म्युजिक भिडियोबाट ३० हजार लिएकी थिइन्। ‘गीत र टिमअनुसार काम गर्ने हुँदा नियमित काम गरिरहेकासँग खासै बार्गेनिङ गर्नुपर्दैन,’ उनले भनिन्। ‘दिल चोरेर’, ‘पारु’, ‘न्यानो न्यानो’, ‘पर्खिबसेँ’ र ‘को हौ तिमी’ लगायत म्युजिक भिडियोमा उनको अभिनय छ।
त्यस्तै, अकेशा विष्ट, ,बेनिशा हमाल, रिमा विश्वकर्मा र अनु शाह लगायतले १० देखि २५ हजारसम्म लिने गरेका छन्। झन्डै ६० वटा म्युजिक भिडियोमा देखिइसकेकी मोडल अकेशा बिष्टले भने २५ हजार पारिश्रमिक लिने गरेको बताइन्। ‘म्युजिक भिडियोको गीत, निर्देशक र कहिलेकाहीँ परिचित सम्बन्धअनुसार काम गर्ने गरेको छु,’ उनी भन्छिन्। निर्देशक जोयस पाण्डेसँग पछिल्लो पटक काम गरेकी उनले सुरुवाती दिनमा १५ हजारसम्म लिने गर्थिन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्