Skip to content
LAXMI SUNRISE BANK

नेपाल च्याम्पियन बनेपछि राति नै विजय र्‍याली (भिडियो)

अर्थ सरोकार

काठमाडाैं- नेपालले शनिबार सम्पन्न फुटबल च्याम्पियनसिपको उपाधि जितेपछि शनिबार साँझ राजधानीका विभिन्न स्थानमा विजय र्‍याली निकालिएको छ। नयाँ बानेश्वरबाट सुरू युवाको र्‍याली माइतीघर पुगेको थियो। राष्ट्रिय झण्डा बोकेका युवाहरूले र्‍यालीमा ‘यो जित कस्को नेपालको’, ‘हिपहिप हुर्रे…’ भन्दै जितको खुसी मनाए।

फेसबुकमा सल्लाह गरेर युवाहरू विजय उत्सव मनाउन जुटेका हुन्। र्‍यालीका अगुवामध्येका एक समुद्र तिमिल्सेनाले नागरिकन्युजसँग भने ‘हाम्रो फेसबुकमा अाबद्घ साथीहरूलाइ अपिल गरेर र्‍याली गरिएको हो, हाम्रो मेन्स रूम रिलोडेड फेसबुक ग्रुप छ।’ अर्का अगुवा शिषिर नेपाली अोझाले नेपालको एेतिहासिक जितले निकै उत्साहित भएको बताए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK