×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुशील, केपी र प्रचण्डलगायतलाई भौतिक कारबाही गर्ने चेतावनी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सुशील, केपी र प्रचण्डलगायतलाई भौतिक कारबाही गर्ने चेतावनी

Artha Sarokar

१२ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इटहरी : थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइराला लगायतका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
लेखीले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नेता लेखराज भट्ट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावललको नामै किटान गरेर उनीहरुमाथि भौतिक कारबाही हुन सक्ने बताएका छन् ।
शनिवार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले भने, ‘अधिकार प्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउँदै तरार्इ र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्छ।’
लेखीले प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई भौतिक कार्वाहि गर्ने चेतावनी दिरहदा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु पत्रकार सम्मेलनमै हाँसिरहेका थिए।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी