सोमबार टिकापुर कैलालीमा भएको हिंशात्मक झपडमा अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मीले ज्यान गुमाए।
जुन घटना निकै दु; खद र त्रासदीपूर्ण छ। यस घटनाले आज सिंगो देश रोएको छ। उक्त हत्याकाण्ड गर्ने र आन्दोलनको नाममा हिंशात्मक गतिविधि गर्नेलाई सत्यतथ्य छानबिन गरी कानुनी कारबाही गर्नुपर्छ।
एसएसपीलाई भाला हानिएको छ, प्रहरीहरुलाई जिउँदै जलाइएको छ। के यही हो शान्तिपूर्ण आन्दोलन? कुन तरिकाबाट विश्लेषण गरेर भन्न सकिन्छ यसलाई शान्तिपूर्ण आन्दोलन? के दोश थियो ती अबोध दुई वर्षे बालक टेकेन्द्र साउदको?
टीकापुरमा जुन हिंशात्मक घटना घट्यो त्यसको प्रमुख कारण प्रमुख राजनीतिक दलहरुले सहि समयमा सही सम्बोधन नगर्नाको परिणाम हो। देशको अनि जनताहरुको सान्ति सुरक्षा गरेर बसेका सुरक्षाकर्मीहरुको त यस्तो हालत छ भने अरुहरुको अवस्था कस्तो होला हामी सहजै अनुमान लगाउन सक्छौ।
यस्तो घटना घट्नुमा कतै घुसपैठ भएको त छैन? कैलालीमा बाढी आउँदा यिनै महान सुरक्षाकर्मीहरुले आफ्नो ज्यानको बाजी लगाएर भोक भोकै बसेर पनि कतिका ज्यानहरु बचाएका थिए। तर, आज तिनिहरुले नै सुरक्षाकर्मीहरुलाई पचास लाख पाउने आसमा भलाहरू रोप्दै जलाउने निन्दनीय कार्य समेत गरे?
आज कसैका श्रीमतीको सिउँदो उजाडिएको छ, कति छोराछोरी टुहुरा भएका छन्। बुढा बाबु आमाको काख कतिको उजाडिएको छ। साँचो रुपमा भन्ने हो भने यो घटनाको जिम्मा कसले लिन्छ? के यो आन्दोलनले मूर्त रुप लियो त? के यो आन्दोलन सफल भयो या अझै हुन बाँकी नै छ? यो आन्दोलन त रास्ट्रका लागि नभएर कतै राष्ट्रका सेवकविरूद्ध पो देखियो। आखिर किन कहिले कर्फ्यू तोडी थारूहरुको घर घरमा पसेर आगजनी गर्ने त कहिले सुरक्षाकर्मीहरुको निर्ममतापूर्वक हत्या गर्ने? यसको छानबिन गरी सत्य तथ्य पत्ता लगाई कारबाही गर्नैपर्छ।
हिंसाले कतै कहिल्यै पनि फाईदा गर्दैन। यो कुनै निकासको बाटो पनि होइन। आज राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रता जस्ता कुराहरुमा अब गम्भीर भएर सोच्ने बेला आएको छ।
वास्तवमा नेपालमा कुनै सच्चा राजनेताको अभाब खड्किरहेको छ आज। अब यस्ता यस्ता राजनेताको उदय छिटै होस्। देशमा त गुन्डाका संरक्षक, बिदेशीका ईसारामा नाच्नेहरु मात्र होइन सच्चा देशभक्त नेता चाहिएको छ।
कति विपरित छ हाम्रो देशको कानुन। एउटा गुण्डा मर्दा सहिद घोषणा गर्नुपर्छ भनेर सदनमा कुरा उठाउँनै तिनै सभासदहरू आज निर्दोस सुरक्षाकर्मी मारिदा किन मौन छन्?
महाभूकम्पमा जनतालाई निःस्वार्थ र पवित्र मनले सहयोग र उद्धार गर्ने सेवकमाथि किन यति ठूलो आक्रमण गरियो। यो आज सबैलाई चासोको हो।
टीकापुरमा साहदत प्राप्त गरेका सम्पूर्ण सुरक्षाकर्मीहरुको आत्माले शान्ति पाओस्। सोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति पशुपतिनाथले प्रदान गरून्। -सेतोपाटी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्