Skip to content
LAXMI SUNRISE BANK

सय रुपैयाँ घुस नदिएपछि नर्सले बच्चा मारिन्

अर्थ सरोकार

ओडिसाको कटनस्थित ‘सरदार बल्लभभाइ पटेल पोस्ट ग्रयाजुएट इन्स्टिच्युट अफ पेडियाट्रिक्स’मा सात दिनमा ३५ नवजात शिशुको मृत्यु भएपछि पूरै राज्यमा खलबली मच्चिएको छ । ‘शिशु भवन’ नामबाट चर्चित पूर्वी भारतको मुख्य बाल अस्पतालमा बुधबार रातिदेखि बिहीबार साँझसम्ममा पाँचजना शिशुको मृत्यु भइसकेको छ । बच्चा मर्ने सिलसिला अघिल्लो बिहीबारबाट सुरु भएको थियो ।

एकैपटक यति धेरै शिशुको मृत्युको कारण खोज्न राज्य सरकारले निर्देशक, मेडिकल एजुकेसन एन्ड ट्रेनिङ (डिएमइटी) विकासचन्द्र महापात्राको नेतृत्वमा जाँच समिति गठन गरेको छ । समिति अहिले अस्पतालमा छ, तैपनि नवजात मर्ने सिलसिला रोकिएको छैन । पीडित परिवारले उपचारमा रहेका चिकित्सक र अस्पतालका अन्य कर्मचारीहरूको लापरबाहीका कारण बच्चाहरू मरिरहेको आरोप लगाएका छन् । केही अभिभावकले मंगलबाग थानामा एफआइआर दर्तासमेत गरिसकेका छन् ।

एक सय रुपैयाँ घुस

बच्चा गुमाएकी एकजना आमाले एक सय रुपैयाँ घुस नदिएका कारण नर्सले आफ्नो बच्चाको नाकमा राखिएको अक्सिजनको नली निकालेको दाबी गरेकी छिन् । अस्पतालका अधिकारीहरूले उनको आरोपलाई गम्भीरताका साथ लिएको र त्यसबारे जाँच भइरहेको बताएका छन् । तथापि, शिशु भवनका अधिकारी र चिकित्सकहरूले लापरबाहीको आरोपको खण्डन गरेका छन् । ‘वास्तविकता के हो भने यहाँ गम्भीर अवस्थाका शिशुलाई मात्र ल्याइन्छ ।

हामी आफ्नोतर्फबाट उनीहरूलाई बचाउने पूर्ण कोसिस गर्छौर्ँ । यसका बाबजुद केही शिशुको मृत्यु हुन्छ,’ अस्पतालका अध्यक्ष डा. निरञ्जन महान्तीले भने । तर, बच्चा गुमाउने अभिभावकहरू डा. महान्तीको कुरा मान्न तयार छैनन् । ‘हो, बच्चाहरूको अवस्था गम्भीर भएपछि यहाँ ल्याइन्छ । तर, यदि चिकित्सकहरू केही गर्न सक्दैन भने पूर्वी भारतमै सबैभन्दा राम्रो अस्पताल भनेर किन दाबी गर्ने ?’ मंगलबार बच्चा गुमाउने जाजपुरका एक व्यक्ति आक्रोश पोख्छन् । – स्वास्थ्य खबर

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK