
लामो समयदेखि जोडी भएर काम गर्दै आइरहेका महिला र पुरुष कलाकारका सम्बन्धमा प्रश्न गरिनु सामान्य नै हो । उत्तर दिँदादिँदै कलाकार पनि अभ्यस्त हुनु नौलो हैन । एक समय रेडियोमा रामविलास र धनियाँ बनेर अभिनय गर्ने दीपकराज गिरी र दीपाश्री निरौलाको जोडी अहिलेसम्म कला क्षेत्रमा निरन्तर छ । दुवैले जहाँ पुगे पनि सामना गर्नैपर्ने प्रश्न नयाँ भने होइन, ‘के तपाईंहरू श्रीमान श्रीमती हो ? के सम्बन्ध छ ?’
आफ्नो लगानीको नयाँ फिल्म ‘वडा नम्बर ६ को प्रमोसनका लागि आइतबार पोखरामा भेटिएका उनीहरूले यही प्रश्नको उत्तर नदिई सुख पाएनन् । दुवैले सम्बन्धका कारण उब्जिने प्रश्नलाई सामान्य रूपमा लिए । साथै आएका निर्देशक दिनेश डीसीले विगत सम्झाइदिएपछि कुरा गर्न सहज भयो । दुवैको ब्यानरको अघिल्लो फिल्म ‘छ एकान छ’ को निर्देशन दिनेशले नै गरेका थिए, जसलाई दुवैले गुरुका रूपमा सम्बोधन गरे ।
हुन त दीपकलाई अभिनय क्षेत्रमा दिनेशले नै ल्याएका हुन् । दोस्रो प्रोजेक्टमा निर्देशनको जिम्मेवारी भने उज्ज्वल घिमिरेलाई दिइएको छ । सम्बन्ध चिसिएकाले उनीहरूले दिनेशलाई दोस्रोको निर्देशन नदिएको गाइँगुइँ चलेको थियो । यसको प्रस्टीकरण जस्तो गरी दीपकले भने, ‘यसको कथा अनुसारको काम उज्ज्वल घिमिरेले गर्दै आउनुभएको थियो । त्यसैले निर्देशनको जिम्मेवारी पनि उहाँलाई नै दियौं ।’
दीपाश्रीले पनि दिनेशको गुन मानिन्, दिनेशले दीपकलाई यो क्षेत्रमा नल्याएको भए आफूले अहिले यसरी अभिनय जोडी नपाउने स्वीकार गर्दै । ‘हामी २२ वर्षदेखि अहिलेसम्म जोडीको रूपमा छौं,’ उनले भनिन्, ‘हाम्रो जोडी कहिल्यै टुटदैन, उदाहरण बन्न चाहन्छौं ।’ उनका कुरा सुनेर दीपक मुसुमुसु हाँसिरहेका थिए । कुनै कलाकारको स्थायी पतिपत्नीको प्रसंग ल्याएका दीपकका कुरालाई त्यति बेला मिडियाकर्मीले च्याप्पै समाते । प्रश्न गरे, ‘तपाईंहरूको जोडीको सम्बन्ध चाहिँ के हो त ?’ केही बेर दीपक र दीपा अकमक्क परे । दीपकले ठट्यौलो पारामा जवाफ फर्काए, ‘हामी दुवै अस्थायी पती–पत्नी हौं ।’
दीपक विवाहित हुन् भने दीपा अहिलेसम्म पनि अविवाहित छिन् । टेलिसिरियल ‘तीतो सत्य’ बाट लोकप्रियता हासिल गरेका यी जोडी पछिल्लो क्रममा ठूलो पर्दामा अभिनयसँगै सिनेमा निर्माणमा समेत जुटेका छन् । पहिलो ब्यानर ‘छ एकान छ’ बनाए । त्यसले सफलतासँगै आर्थिक लाभ दिएपछि अहिले दोस्रो ‘वडा नम्बर ६’ निर्माण गरेर प्रदर्शनको तयारीमा छन् । ‘छ एकान छ हिट भएपछि अर्को फिल्म बनाउने हौसला बढ्यो,’ दीपकले भने, ‘यो फिल्ममा गाउँले परिवेशलाई उतारेर हास्यरस मिसाएका छौं ।’
उनले अघिल्लो फिल्मलाई केहीले हिन्दीको कपी भनेर अनर्गल प्रचार गरे पनि त्यसो नभएको दाबी गरे । ‘हिन्दी सिनेमासँगै रिलिज हुने केही ब्यानरले नेपाली सिनेमाको इज्जत जोगाएको छ,’ उनले भने, ‘त्यति हो, दर्शकले नेपाली सिनेमालाई माया गरिदिनुपर्छ ।’ उनले असोज १ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्मको प्रचारका लागि पोखरापछि नारायणगढ, हेटौंडा, बुटवल र झापालगायतका जिल्लामा पुग्ने बताए ।
निर्माणमा उनीहरूले दयाहाङ राई र प्रियंका कार्कीलाई पनि साथ लिएका छन् । यसमा हास्य क्षेत्रका हस्तीहरू धुुर्मुस, माग्नेबुढा र मुन्द्रेका साथ दीपकको पनि एक साथ अभिनय रहेकाले दर्शकले नौलो स्वाद पाउने दीपाले बताइन् । उनलाई भने एउटा गीतमार्फत यो चलचित्रमा नृत्य गरेको देख्न पाइन्छ । अघिल्लो चलचित्रमा सहरभित्रको कथा समेटिएकोमा यसपटक गाउँले पात्रका कथालाई नयाँ शैलीमा पस्किने जमर्को गरिएको जानकारी दुवैले दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्