
चीनमा एक ८७ वर्षीया वृद्धाको टाउकोमा एउटा अनौठो सिंग पलाएको छ । सिचुआन प्रान्तमा बस्ने लियांग जिउजेनलाई ८ वर्ष पहिला टाउकोमा एउटा कालो मासु पलाएको थियो ।
उनले उक्त समस्याको समाधानको लागि हर्बल उपचार गराईन् । तर समस्या घटेन उल्टो बढ्यो र २ वर्षपछि उक्त मासु बढेर सानो सानो सिंग नै बन्यो ।
महिला भन्छिन्, ‘यो कहिले कहिले असाध्यै धेरै दुख्छ र यसैको कारण राति ओछ्यानमा पटक पटक बिउँझनुपर्छ ।’ अन्ततः डाक्टरहरुले उक्त समस्यालाई पहिचान गरेका छन् । यो एउटा दुर्लभ अवस्था हो, जसमा छला ठिक त्यसरी एकीकृत भएर बढ्न थाल्छ, जसरी प्रोटिनले कपाल र नङ बढाउँछ ।
समस्याग्रस्त वृद्धाको छोरोका अनुसार उनी उपचारको लागि धेरै अस्पताल धाए, तर डाक्टरहरुले समस्या नै पहिचान गर्न सकेनन् । उनको आमालाई अस्पताल जान मन पर्दैन । उनलाई अस्पताल गयो भने फर्केर आउन गाह्रो छ भन्ने लाग्दछ । एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्