
काठमाडौ, ११ भदौ ।
कसैगरी पनि जनताको मन जित्न नसकेका जनयुद्धका शुरुवातकर्ता प्रचण्ड–बाबुरामले हरेक जातका राज्य बनाउने आश्वासन बाँडी सबै जातबाट कथित ‘राजा’ जन्माए ।
त्यसपछि एकताका यस्तो समय पनि आयो जतिबेला गुरुङ, मगर, शेर्पा, नेवार, थारु, मधेशी, बाहून–क्षेत्री दुई दिन आ–आफ्नो क्षेत्रमा बन्द, तोडफोड जस्ता बितण्डा मच्चाउँथे र प्रचण्ड–बाबुराम समक्ष जातिय राज्य माग्न जान्थे । उनीहरु पनि पुराणका भगावन्का शैलीमा सबैको इच्छामा ‘तथास्त’ु भनी पठाउँथे ।
आफूसँग केही नभएपनि सबै कुरा दिनसक्ने यी नेताले वितरण गरेका जातीय राज्यका बीउबाट उम्रिएको बिरुवाले अहिले मुलुकभर बितण्डा मच्चिरहेको छ । आर्थिक समुन्नती, शैक्षिक हैसियतका सट्टा राज्य नै दिने नाममा मिलेर बसेका नेपालीलाई एकअर्काका विरुद्ध ज्यानी दुश्मन झै भाला लिएर जाइलाग्ने अवस्था बनाएका यिनीहरुले नेपालीलाई मात्र नभएर भारतीय सभासद्लाई समेत हिन्दु राज्यको आश्वासन बाँड्न भ्याएका रहेछन् ।
भारतीय जनता पार्टीका नेता एवं सीमावर्ती गोरखपुर क्षेत्र (भारत) का लोकसभा सदस्य महन्त योगी आदित्यनाथलाई प्राण्डले अहिले धर्म निरपेक्ष भएपनि नेपाल क्रमश हिन्दु राष्ट्र नै बन्ने आश्वासन दिएका हुन् । हिन्दू राष्ट्र निर्माणका लागि पहल गर्न केही समयअघि नेपाल आएका उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहित मुख्य दलका शीर्ष नेतासँग भेटघाट गरेका थिए ।
होटल अन्नपूर्णमा भएको सो भेटमा दाहालले योगी समक्ष हिन्दू राष्ट्रका पक्षमा आफूहरु रहेको र मुलुक विस्तारै त्यतैतिर जाने आश्वसन दिएका थिए । योगीलाई प्रचण्डले आफू पनि हिन्दू रहेको र हिन्दू राष्ट्रकै पक्षमा रहेको भनी दिएको बचन त्यतिबेला निकै चर्चित बनेको थियो ।
तर अहिले नेपालमा हिन्दू राष्ट्र, माओवादीले बाँडेको जातीय राज्य तथा स्वायत्त मधेशका नाममा बितण्डा मच्चिइरहेका छन् । तिनै योगीले नेपालभरी झैं देखिएको यो पछिल्लो भाँडभैलोका पछाडि युरोपियन युनियन तथा नेपालको राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् ।
नेपाललाई हिन्दू राष्ट्र बनाउने आम जनताको व्यापक इच्छाबाट ध्यान हटाउन अन्तर्राष्ट्रिय हिन्दू विरोधी शक्तिको इसारामा नेपालमा भीषण अशान्ति पैदा गराइएको उनको निष्कर्ष छ ।
गोरक्षपीठाधीश्वर आदित्यनाथले शुक्रबार एक अभिव्यक्ति सार्वजनिक गर्दै नेपालका ९५ प्रतिशत जनता एउटा समय सीमाभित्र प्रस्तावित संविधान बनाउने पक्षमा रहेको र उनीहरुको इच्छा नेपाललाई हिन्दू राष्ट्र बनाउने रहेको दाबी गरेका छन् । नेपालको वर्तमान राजनीतिक नेतृत्व हिन्दू जनमानस तथा नेपाली जनताको भावनाविरुद्ध अन्तर्राष्ट्रिय हिन्दू विरोधी शक्तिको खेलानौ भएको उनले आरोप लगाए ।
युरोपन युनियनको भूमिका खतरनाक
गौ हत्या निषेध तथा धर्म परिवर्तन प्रतिबन्ध लगाउने नेपाली जनताको व्यापक आवजलाई विषयान्तर गर्न विभाजन र हिंसा मच्चाइएको उनले टिप्पणी गरेका छन् । नेपालमा मधेस तथा गैरमधेस, पहाडी र मैदानीको रुपमा विभाजन गरी भीषण हिंसा तथा अशान्तिको माहोल सिर्जना गराइएको छ। त्यसमा अहिलेसम्म कयौंको मृत्यु भइसकेको छ । यूरोपियन युनियनको भूमिका यस मामिलामा खतरनाक देखिएको छ ।
अन्तर्राष्ट्रिय चर्च, युरोपियन युनियका साथ मिलेर नेपालको गृह मन्त्रालय तथा अन्य शीर्ष नेताहरुको षड्यन्त्रमा वर्तमान अशान्ति फैलाइएको र हिन्दू राष्ट्रको पक्षमा बनेको माहोल विषयान्तर गर्न खोजिएको उनको ठहर छ ।
को हुन् योगी आदित्यनाथ ?
हिन्दूवादी नेता योगी आदित्यनाथ सत्तारुढ भारतीय जनता पार्टीका लोक सभा सदस्य हुन् । सीमावर्ती गोरखपुरको चुनावी क्षेत्रबाट लोकसभामा प्रतिनिधित्व गर्ने उनी त्यहाँको गोरखनाथ मठका मुख्य पूजारी हुन् ।
सामाजिक तथा सांस्कृतिक तथा राजनीतिक अभियान चलाउने हिन्दू युवा बिहानीका संस्थापक योगी सन् १९९८ मा २६ वर्षको उमेरमा तल्लो सदन लोक सभाका लागि निर्वाचित भएका थिए । उत्तराखण्डमा जन्मिएका उनी अविवाहित छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्