Skip to content
LAXMI SUNRISE BANK

करेन्ट लागेर आमाछोराको मृत्यु

अर्थ सरोकार

 वीरगन्जमा आज करेन्ट लागेर एकै परिवारका दुईजनाको मृत्यु भएको छ । वीरगन्ज उपमहानगरपालिका वडा नं ९ रामटोल निवासी श्रवणकुमार सुल्तानीयाकी  श्रीमती सुनिका सुल्तानीया र छोरा हर्षितकुमार सुल्तानीयाको करेन्ट लागेर मृत्यु भएको हो ।

छतमाथि जमेको पानी बगाउने क्रममा छतमाथि नै रहेको हाइटेन्सन लाइनमा छोइएर हर्षित र सुनिताको मृत्यु भएको प्रहरीले जनाएको । हर्षितले छत सफा गरी हातमा राखेको फलामे डन्डीमाथि उचाल्दा हाइटेन्सनमा छोएर करेन्ट लागि छटपटाइरहेको अवस्थामा छोरालाई बचाउन पुगेकी सुनितालाई समेत करेन्ट लागेकोे श्रवण सुल्तानियाले बताए।

हर्षित र सुनितालाई अस्पतालमा ल्याउँदा दुवैको मृत्यु भइसकेको नारायणी उपक्षेत्रीय अस्पतालका डाक्टर राकेश साहले जानकारी दिए । मृतक दुवैको शव नारायणी उपक्षेत्रीय अस्पतालमै राखिएको छ ।

यसैबीच, विषालु सर्पले डसेर आजै एक महिलाको मृत्यु भएको छ । पर्साको मनियारी गाविस वडा नं ९ निवासी शान्तिदेवीको विषालु सर्पले डसेर मृत्यु भएको हो ।

गएराति १२ः३० बजे घरमा सुतिरहेका बेला विषालु सर्पले डसेकी शान्तिदेवीलाई उपचारका लागि उपक्षेत्रीय अस्पताल भर्ना गराए पनि उनको आज बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिकित्सकले जनाएका छन् । -रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK