
काठमाडौं, भदौ ११ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो मात्रामा विदेशी मुद्रासहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । काठमाडौंबाट ल्हासा जान लागेका चिनियाँ नागरिक इ वाङका साथबाट प्रहरीले ६० हजार अमेरिकी डलर, ७६ हजार युरोप र ४८ हजार स्वीस फ्रेन्क बरामद गरेको हो ।
उनको सुटकेशमा २० ओटा चुरोटको प्याकेटभित्र खिल्ली सुर्ती निकाली डलर बेरेको र लगाएको चप्पलभित्र विभिन्न देशका मुद्रा लुकाइ–छिपाइ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । churotवाङले आफू कपडा व्यापारी भएकाले डलर साटेर लैजान लागेको बयान दिएका छन् । पक्राउ परेका वाङलाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व विभाग पठाएको छ । उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।