×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विशाल चट्टान पृथ्वीमा ठोकिँदै, सेप्टेम्बरमा संसारकै अन्त्य हुन सक्ने खगोलविदको दावी

Artha Sarokar

११ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एजेन्सी ।
केही खगोलविदहरुले आगामी ४ साताभित्र पृथ्वीमा एक भयानक खगोलीय चट्टान ठोक्किने र त्यो संसारकै अन्त्यको कारण बन्न सक्ने दावी गरेका छन् ।
एस्टेरोइड भनिने उक्त चट्टान सेप्टेम्बरमा पृथ्वीमा ठोकिन्ने र २१ सेप्टेम्बर देखि २८ सेप्टेम्बरकोबीचमा यस्तो घटना हुँदा पृथ्वी ध्वस्त हुने अवस्था समेत आउने कतिपय शंकाबादी खगोलवीदको दावी छ ।
आफूलाई भविष्यबक्ता दावी गर्ने एफ्रेन रोड्रिगेज नामका एक ब्यक्तिले आफुले गरेको अध्यन अमेरिकाको अन्तरिक्ष अध्यन संस्था नाशालाई पठाएका थिए ।
रोड्रिगेजले ब्लड मुन प्रोफेसी भनिने भविष्यवाणीको धारामा आधारित रहेको र उनको भविष्यवाणी अनुसार २८ सेप्टेम्बर उनले भन्ने गरेको ४ ब्लड मुनको अन्तिम साता रहेको बताइएको छ ।
चन्द्र ग्रहणको समय पारेर यस्तो घटना हुने दावी उनको छ । अन्तिम पटक सन् २०१४ को एप्रिलमा चन्द्रग्रहण भएको थियो । अव त्यसपछि ५ वटा पूर्णिमा पछि यस्तो हुन सक्ने बताइन्छ ।
आफ्नो दिब्य दृष्टिले अमेरिकाको नियन्त्रणमा रहेको क्यारेबियन टापु पुर्टोरिकोको एक क्षेत्रमा विशाल खगोलिय चट्टान ठोक्किने छ । यसले कम्तिमा १२ रेक्टर स्केलको भूकम्प बराबरको धक्का पैदा गर्ने उनको दावी छ ।
नाशाले भने यो दावीलाई हावादारी भन्दै विज्ञप्ति जारी गरेको छ । यो दावीमा कुनै सत्यता नरहेको नाशाका पाउलो सोडासले बताएका छन् । क्यालिफोर्नियामा बोल्दै पाउलो सोडासले कुनै खाले खगोलीय पिण्ड वा चट्टानले तत्काल पृथ्वीमा असर गर्ने नदेखिएको बताए ।
यस अघि पनि पटक पटक संसार ध्वस्त हुने भविष्यवाणी गरिएका थिए । तर ती सबै भविष्यवाणी हावादारी सावित भएका छन् । पछिल्लो भविष्यवाणीले धेरै मानिसलाई चिन्तित तुल्याएपछि नाशाले यस्तो दावीमा सत्यता नभएको स्पष्ट पारेको हो ।- नेपाली हेडलाइनस् डटकम बाट 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी