×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पतालमै मुसाले टोकेर १० दिने शिशुको मृत्यु भएपछि….

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अस्पतालमै मुसाले टोकेर १० दिने शिशुको मृत्यु भएपछि….

Artha Sarokar

११ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

याँ दिल्ली, १० भदौ । उपचाररत रहेका एक जना १० दिनको शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी भारतको एक अस्पतालमा ठूलो हङ्गामा भएको समाचार छ ।

उपचारका क्रममा दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित एक सरकारी अस्पतालमा राखिएका ती शिशुलाई अस्पतालको श्ययामा नै मुसाले टोेकेको थियो ।

ती शिशुकी आमाका अनुसार मुसाले टोकेर नै उनको ज्यान गएको थियो । पिसावसम्बन्धी समस्याको उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको प्रमाणित भएको छ ।

सो घटनापछि सरकारी अस्पतालमा हुने गरेको चरम लापरबाहीका विरुद्धमा व्यापकमात्रामा अस्पताल प्रशासनको विरोध भएको छ ।

आन्ध्र प्रदेशको गुन्टुर सरकारी अस्पतालमा सो घटना भएको थियो । उक्त घटनापछि सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरी कारबाही सुरु गरिएको बताइएको छ ।

सरकारी अस्पतालमा यसअघि पनि व्यापकमात्रामा लापरबाही हुने गरेका गुनासाहरु आउने गरेका थिए । यस्तै समाचारहरुकै बीचमा दुई दिनअघि यो घटनाको समाचार आएको छ ।

त्यसैले यस पटक पनि त्यहाँ व्यवस्थापनपक्षबाटै लापरबाही भएकाले अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले व्यापक विरोध गरेका थिए ।

ती शिशुकी आमा चवली लक्ष्मीले नवजात शिशुको उपचार कक्षमा नै रहेका बेला उनको शिशुका हातका औँला गायब भएका र मुसाले नै खाइदिएकाले औँला हराएको जानकारी आफूले अस्पतालका कर्मचारीलाई दिएको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो– मैले पटक–पटक अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरेपछि मुसाको टोकाइकै कारण मेरो बच्चाको निधन भएको हो ।

टेलिभिजन सम्वाददाताहरुलाई उहाँले भन्नुभयो– मेरो छोराको ज्यान यही अस्पतालकै कर्मचारीका कारण गएको हो, यहाँको लापरबाही डरलाग्दो रहेछ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन् चन्द्रबाबु नाइडुले आफूले सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरेको र कारबाहीका लागि अनुसन्धान समिति पनि गठन गरेको जानकारी दिनुभयो ।

मुसाले नै टोकेर यसरी अस्पतालमा रहेका शिशुको ज्यान गएको जानकारी पाउँदा आफूलाई निकै दुःख लागेको मुख्यमन्त्री नाइडुले ट्वीटरमा पोष्ट गर्नुभएको छ ।

साथै उहाँले अबदेखि त्यस अस्पतालमा यस्तो दुर्घटना कहिल्यै नदोहोरिसो भन्नुभएको छ ।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन नचाहनुभएको समाचारमा जनाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी