×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माइती हिँडेकी नवविवाहित महिलालाई अपहरण गरेर बलात्कार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माइती हिँडेकी नवविवाहित महिलालाई अपहरण गरेर बलात्कार

११ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका–१५ दम्ति बस्ने २० बर्षीय विक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
कुमालले विहीबार सोही नगरपालिका–१४ खप्रिङखोला घर भई गुरीगाईमा रहेको माइती घरतर्फ जाँदै गरेकी २० बर्षीया महिलालाई प्युठान नगरपालिका–१६ कोलछाप्नामा जबरजस्ती करणी गरेको बताइएको छ ।
जबरजस्ती करणी गरी फरार रहेका कुमाललाई प्रहरी चौकी मरन्ठानाबाट खटिएको प्रहरी टोलीले चिउरीखोला भन्ने स्थानबाट पक्राउ गरेको हो । प्रहरीले पीडक तथा पीडित महिलाको स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पतालमा पठाउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी