Skip to content
LAXMI SUNRISE BANK

मधेसी नेता भन्छन्– अाशीर्वाद लिन भारत गयाैं

अर्थ सरोकार

काठमाडौं–प्रस्तावित ७ प्रदेश र त्यसको सीमाकंनविरुद्ध आन्दोलनरत चार दलीय मधेसी मोर्चाका नेताले तराईमा भइरहेको आन्दोलनमा सहयोग गर्न भारत सरकारलाई आग्रह गरेका छन्।

गत मंगलबार भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीका लोकसभा सदस्य एवं पूर्व मुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन्।

गत मंगलबार संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सभासद अभिशेक प्रताप शाह, तमलोपा नेता बृजेशकुमार गुप्ता र सद्भावना नेता नरसिंह चौधरीले लोकसभा सदस्य पालमार्फत प्रधानमन्त्री मोदीलाई पठाएका हुन्।

विजेपी नेता तथा लोकसेवा सदस्य जगदम्बिका पालसँग सहयोगका लागि अपिल गरेपछि सामूहिक तस्विर खिचाउँदै सद्‌भावना पार्टीका नर्सिङ चौधरी, तमलोपाका बृजेशकुमार गुप्ता, संघीय समाजवादी फोरम नेपालका अभिशेकप्रताप शाह

आफूहरुले आन्दोलन केका लागि र किन आवश्यक पर्‍यो भन्ने दस्तावेज नेता पालमार्फत मोदीलाई पठाएको संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिशेख प्रताप शाहले टेलिफोनमा बताए।  ‘कांग्रेस, एमाले माओवादीका नेता आर्शिवादका लागि गएका थिए भने हामी पनि आर्शिवादकै लागि गएको हो’, शाहले भारत जानुको उद्देश्य खुलाउँदै नागरिकन्युजसँग भने।

‘हामीले आन्दोलन किन र के लागि भन्ने दस्तावेज उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पठाएका छौं,’ उनले भने।आन्दोलनमा भारतबाट घुसपैठ भयो भन्ने गृहमन्त्री बामदेव गौतमको टिप्पणीप्रति साहले आक्रोश पोखे। ‘बामदेव पागल हो’, उनले भने।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK