×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थारु नेताको ठाडो चुनौती: “टीकापुरमै छु, हिम्मत छ भने मार !”

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

थारु नेताको ठाडो चुनौती: “टीकापुरमै छु, हिम्मत छ भने मार !”

Artha Sarokar

१० भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हिम्मत भए आफुलाई मारेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन् । उनले आज फेसबुकमार्फत ‘थारु सर्वसाधारणलाई कुट्ने र घरमा आगो लगाउने’ काम भएको भन्दै यस्तो चुनौती दिएका हुन् । 
‘टीकापुरमै छु, हिम्मत छ भने मार हामीलाई। किन सर्वसाधारण जनतालाई कुट्छौ, किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्।  उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको शान्तिपुर्ण प्रतिरोध भएको उल्लेख गरेका छन्। ‘आन्दोलनमा कुनै घुसपैठ भएको छैन, थारु आन्दोलन जनताको शान्तिपूर्ण प्रतिरोध हो । उनले लेखकका छन् ।
साथै थारुले आफुहरुले हतियार उठाउन बाध्य नपार्न समेत चेतावनी दिएका छन् । आक्रोशित भावमा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाओबदी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई ‘थारुले साच्चै हतियार उठाए के होला, याद गर ? भनेर आक्रोश पोखेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी