×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टीकापुरमा आज फेरी गोली चल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टीकापुरमा आज फेरी गोली चल्यो

Artha Sarokar

१० भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

टीकापुर, (कैलाली), १० भदौ, विगत ४ दिनदेखि आतंकित बनेको टीकापुरमा आज पुनः गोली चलेको छ । आज दिउँसो प्रहरी प्रमुखहरुको टीकापुर भ्रमणकै क्रममा टीकापुरको दुर्गोली क्षेत्रमै गोली चलेको हो । गोली प्रहारबाट स्थानीय २० वर्षीय जगत देवकोटा गम्भीर घाइते भएका छन् । देवकोटालाई पेटमा र घूँडामा गोली लागेको जनाइएको छ । उनको अहिले टीकापुर अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ ।
गत सोमबारदेखि आतंकित बनेको टीकापुर क्षेत्रमा सोही दिनदेखि निषेधाज्ञा र दंगाग्रस्त क्षेत्र घोषित गरिएको छ । त्यस क्षेत्रमा सेना परिचालन गरिएको छ । गत सोमबार दुर्गोली क्षेत्रमा भएको हिंसाको अनुगमन गर्न प्रहरी, शसस्त्र र नेपाल आर्मीका प्रमुखहरु जाने कार्यक्रम कै दौरानमा आज ती युवकमाथि गोली प्रहार भएको जनाइएको छ । कर्फ्यु लागि रहेको बेला दंगाग्रस्त क्षेत्रमा मोटरसाइकलमा सवार देवकोटालाई रोक्न आदेश दिँदा पनि जबरजस्ती कुदाएपछि बाध्य भएर गोली प्रहार गर्नु परेको सुरक्षा निकायले जनाएको छ । यता थारुहट/थारुवानको प्रदर्शन भने आज निस्किएको छैन । कर्फ्युपछि र आजको गोली काण्डपछि टीकापुर क्षेत्रका बासिन्दा आतंकित भएपनि बजार भने शान्त रहेको छ ।- आजको खबर डटकम बाट 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी