
काठमाडौँ, ७ भदौ – पुनर्स्थापना केन्द्र संचालनकी संचालिका सबिता उप्रेतीले अन्तराष्ट्रिय पुरस्कार हात पारेकी छन्।
उप्रेतीको कामप्रती प्रभावित भएर इन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल मरिसियसले सो सम्मान प्रदान गरेको हो। सो संस्थाले नेपाल सहित विश्वका अन्य देशवाट शारिरिक तथा बौद्धिक अपांगता भएका व्यत्तिहरुसँग काम गरिरहेका संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको छ।
पुनर्स्थापना केन्द्रले शारिरिक तथा बौद्धिक अपांग भएका बालबालिकाहरुको पुर्नस्थापना र उपचार गर्दै आएको छ। संस्थाले सम्मानको घोषणा पश्चात मे २५ देखि २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा उपस्थित हुनका लागी उनलाई मरिसियसमा बोलाएको थियो।
सो समयमा नेपालमा भूकम्पले बिभिन्न स्थानमा क्षति पुर्याएकोले आफु राहत वितरणमा व्यस्त भएकाले सम्मान ग्रहण गर्न जान नसकेकी उप्रेतीको सम्मान आयोजकले कुरियर मार्फत नेपाल पठाएको हो। उनले सम्मानपत्र आफ्नै पुर्नस्थापना गृहको बिशेष बालबालिकाको हातवाट ग्रहण गरेकी छिन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्