×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली चेली सविता उप्रेतीले पाइन अन्तर्राष्ट्रिय सम्मान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाली चेली सविता उप्रेतीले पाइन अन्तर्राष्ट्रिय सम्मान

Artha Sarokar

१० भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ, ७ भदौ – पुनर्स्थापना केन्द्र संचालनकी संचालिका सबिता उप्रेतीले अन्तराष्ट्रिय पुरस्कार हात पारेकी छन्।
उप्रेतीको कामप्रती प्रभावित भएर इन्टरनेशनल सरकल फर फिजिकल्ली एन्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल मरिसियसले सो सम्मान प्रदान गरेको हो। सो संस्थाले नेपाल सहित विश्वका अन्य देशवाट शारिरिक तथा बौद्धिक अपांगता भएका व्यत्तिहरुसँग काम गरिरहेका संस्थाका प्रतिनिधिहरुलाई सम्मान गरेको छ।
पुनर्स्थापना केन्द्रले शारिरिक तथा बौद्धिक अपांग भएका बालबालिकाहरुको पुर्नस्थापना र उपचार गर्दै आएको छ। संस्थाले सम्मानको घोषणा पश्चात मे २५ देखि २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा उपस्थित हुनका लागी उनलाई मरिसियसमा बोलाएको थियो।
सो समयमा नेपालमा भूकम्पले बिभिन्न स्थानमा क्षति पुर्याएकोले आफु राहत वितरणमा व्यस्त भएकाले सम्मान ग्रहण गर्न जान नसकेकी उप्रेतीको सम्मान आयोजकले कुरियर मार्फत नेपाल पठाएको हो। उनले सम्मानपत्र आफ्नै पुर्नस्थापना गृहको बिशेष बालबालिकाको हातवाट ग्रहण गरेकी छिन्। 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी