
काठमाडाैं, ९ भदाै । उच्चमाध्यमिक शिक्षापरिषद्ले गत जेठमा लिएको कक्षा १२ को परीक्षाको नतिजा आज साँझसम्म प्रकाशित गर्ने भएको छ ।
परिषद्का प्रवक्ता हीरा आचार्यले उक्त जानकारी दिनुभएको हो । ‘कुनै प्राविधिक समस्या नआएमा बुधबार बेलुकीसम्म विज्ञान विषयको नतिजा प्रकाशित हुन्छ’ उहाँले भन्नु भयो ।
जेठ २० गते देखि ३१ गते सम्म भएको परिक्षमा ६८ जिल्लाका विद्यार्थी सहभागी भएका थिए । त्यस्तै भूकम्पबाट अति प्रभावित ७ जिल्लाका विद्यार्थीको परिक्षा असार १४ गते देखि २३ गते सम्म भएको थियो ।
दुईवटा मितिमा परिक्षा भएको भए पनि नतिजा भने एकै पटक प्रकाशित हुने जानकारी उहाँले दिनु भयो ।