
काठमाण्डु, १६ माघ– अचेल इलाममा ‘सूचने’ को पुत्ला दहन हुन थालेको छ । सूचना टाँसेर संविधानसभा भंग गराउन मुख्य भूमिका निर्वाह गरेकाले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मानिसहरू संक्षिप्तमा ‘सूचने’ भन्ने गर्छन् । यो उनकै नामको सर्टफर्म पनि हो ।
यिनले संविधानसभामा पहिचानसहितको संघीयताको विपक्षमा भूमिका निर्वाह गरेकाले उनीसँग पूर्वका जनजाति अहिले पनि क्रूद्ध छन् । पहिलो संविधानसभामा संघीयता पक्षधरको बहुमत थियो । तर, नेम्वाङले संविधानसभा बाहिर जनजाति ककस बनाउन लगाएर संघीयता पक्षधरबीच फुट ल्याउने कोसिस गरेका थिए ।
एमालेमा अशोक राईहरूलाई लखेट्नुमा पनि नेम्वाङकै भूमिका रह्यो । अशोक राईलाई एमालेबाट गलहत्याएर आफू एमालेको उपाध्यक्ष हुने नेम्वाङको अभीष्ट थियो । त्यसैले एमालेभित्रका जनजातिलाई भड्काउन उनले पहिचानसहितको संघीयताको विरोधमा पार्टीका नेताहरूलाई कान फुके । नेम्वाङकै कारण एमालेका जनजातिहरू भड्किए र एमाले छाडे । किनकी, एमालेले संघीयताको बारेमा ढुलमुले नीति लियो । अशोक राईले एमाले छाडेपछि आफू उपाध्यक्ष बन्ने नेम्वाङको सपना भने पूरा भएन । पछि पार्टीमा मूल्यांकन हुँदा नेम्वाङकै कारण अशोक राईहरू भड्किएको निष्कर्ष निकालियो ।
एकपटक संविधानसभामा एक दिनमै १७ हजार बोतल पानी खपत भएको आर्थिक विवरणबारे चर्चा चलेको थियो । संसद् सचिवालयको खर्च विवरणमा एक दिनमै १७ हजार बोतल मिनरल वाटर खपत भएको देखाइएको थियो । सभासद्हरूले प्रश्न राखे, ‘त्यत्रो पानी खाने कुम्भकर्ण हो होला ?’ अर्का सभासद्को जवाफ थियो, ‘त्यस दिन हरेक सभासद्ले जनही तीन बोतल पानी रित्याएका रहेछन् भनेर मान्ने हो भने पनि दिनको १८ सय बोतल खाइयो होला, तर बाँकी बोतल पानी त सभामुखज्यूले नै पिउनुभयो होला ।’ किनकि, त्यो पानी सभासद्का लागि मात्र व्यवस्था हुने गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले क्यान्टिनमै गएर पानी पिउनुपर्छ ।
नेपालको संसद् सचिवालय यस्तो छ, जहाँ सचिवालयका कर्मचारीले फोकटमा खाजा पाउँछन् । सभासद्ले बरु क्यान्टिनमा पैसा तिरेर खानुपर्छ, तर कर्मचारीलाई खाजा फ्री छ । त्यो देखेपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले आफूहरूलाई पनि सचिवालयका कर्मचारी सरह खाजा लगायतका सुविधा दिनुपर्ने माग गर्दै बानेश्वरमा तालाबन्दी नै गरेका थिए ।
त्यही संसद् सचिवालय हो, जहाँ समितिका बैठकको नाममा दिनहुँ भोज हुन्छ । त्यो भोज र खर्चको हिसाबकिताब संसद् सचिवालयले कहिल्यै सार्वजनिक गर्दैन । पारदर्शी हुँदैन । त्यसको सम्पूर्ण जिम्मेवारी सभामुखमै जान्छ ।
विगतमा संविधानसभामा रहेको सार्वजनिक लेखा समितिलाई नेम्वाङले ‘महा भन्सार’ बनाए । लेखासमितिमा सचिव सरकारी कर्मचारी हुने गर्छन् । सोमबहादुर थापा वर्षौंदेखि लेखा समितिको सचिव थिए । लेखा समितिका पूर्वसदस्य रहेका नेम्वाङले आफू अध्यक्ष भएपछि समितिका हरेक निर्णयमा हस्तक्षेप गर्दै अर्बौं रूपैयाँको चलखेल गरेको सूत्र बताउँछ ।
भ्रष्ट र अख्तियार दुरूपयोग गर्नेहरूसँग हिमचिम बढाएर उनले लेखा समितिलाई आफ्नो इशारामा चलाए । त्यसैले कसैकसैले उनलाई ‘कमिशन शिरोमणि’ कै उपाधि दिएका थिए ।
नेम्वाङले प्रथम पत्नी हुँदाहुँदै विशाल नेम्वाङ नाम गरेकी कान्छी पत्नी भित्र्याए । नाता पर्ने युवतीलाई कान्छीका रूपमा भित्र्याएपछि जेठी पत्नीसँग नेम्वाङको लामो समयसम्म कलह चलिरह्यो । ‘त्यो पातकीको मुख हेर्नु नपरोस्’ भन्दै अचेल जेठी पत्नी छुट्टै बस्छिन् । २०५६ सालको निर्वाचनमा नेम्वाङलाई इलाममा निर्वाचन हराउन हङकङबाट जेठी पत्नी २० लाख रूपैयाँ बोकेर आएकी थिइन् ।
जनआह्वान साप्ताहिकबाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्