
कोहलपुर–कैलालीमा थरुहट आन्दोलनकारी र सुरक्षाकर्मीबीचको झडपपछि साम्प्रादियक झडप हुने सक्ने भन्दै नेपाली सेनाले कोहलपुर क्षेत्रका थारु बस्तीमा नियमित गस्ती थालेको छ।
कैलालीमा थारु समुदायका केही घर र पसलमा भएको आगजानीपछि कोहलपुर क्षेत्रमा साम्प्रादायिक घटना हुन सक्ने संम्भावनालाई मध्यनजर गर्दै सेनाले बस्ती क्षेत्रमा मंगलबारबाट गस्ती गरिरहेको छ। कैलाली टिकापुर घटनापछि कोहलपुरका थारुबस्तीमा झडपको त्रास छ। थारुबस्ती रहेको कोहलपुर–२ लोकनगर र कोहलपुर–११ विकासनगरका सुकुमबासी थारुहरु केहीले घर छोडेका छन् । घरमा भएकाहरु बस्तीमा आगो लगाउँछन् भन्ने हल्लाले त्रसित छन्।
जिल्ला सुरक्षा समितिले मंगलबार दिउँसो तीन बजेदेखि सेनालाई महत्वपूर्ण क्षेत्रमा भेइकिल सुरक्षाको जिम्मा दिएको थियो । सेनाले भने थारुबस्तीमा पैदल गस्ती गरिरहेको छ । कोहलपुरमा हुने थरुहट पक्ष आन्दोलनमा पनि सुकुमबासी बस्तीमा आन्दोलनमा सहभागी हुने गर्छन् । सांम्प्रादायिक घटना हुन नदिने सेनाले थारुबस्तीमा गस्ती थालेको हो । सुरक्षा समितिले कर्फ्यूको समयमा सेनालाई विद्युतगृह, दुरसञ्चार, अस्पताल, कारागार, पेट्रोलपम्प, सुरक्षा चौकी, सरकारी कार्यालयदेखि सम्भावित तोडफोड र आगजानी हुनबाट रोक्न सेना परिचालन गरेको थियो । प्रमुख जिल्ला अधिकारी बेलप्रकाश लेखकले कर्फ्यूको अवस्थामा महत्वपूर्ण क्षेत्रको सुरक्षा र संम्भावित झडप, तोडफोड, आगजनी रोक्न सेना परिचालन गरिएकोले त्यही अनुसार गस्ती गरिरहेको बताए ।
उनले कोहलपुर क्षेत्रको राजमार्ग आसपासका थारुबस्तीबीचमा मेडिकल, एनटिभी, दुरसञ्चार, विद्युत कार्यालय, सरकारी कार्यालय रहेकोले थारु बस्तीमा चहलपहल बढी देखिएको हुनसक्ने बताए । सुकुमबासी बस्ती क्षेत्रमा सेनाको चहलपहल बढी देखिएपछि स्थानीय संशकित छन् । कोहलपुर–२ लोकनगरका सोमबहादुर चौधरीले सुकुमबासीबस्ती नजिकबाट सेनाको आवतजावत धेरै भैइरहेको र बस्तीमा डर, क्रास छाएको बताए । ‘कोहलपुरको थारुबस्तीमा आगजनी गर्ने र यहाँबाट लखेट्ने भन्ने हल्ला चलेको छ,’ उनले भने,’आगजनी र झडप हुने भयले बस्तीका युवाहरु घरमै छैनन् ।’ कोहलपुरको पूर्वपश्चिम, रत्नराजमार्ग र बजारबाहिर थारु बाहुल्य सुकुमबासी बस्ती छ ।
यसैबीच कोहलपुर नगरमा थरुहट कार्यकर्ताले बुधबार विहान ८ बजे लाठ्ठी जुलुस प्रदर्शन गरेपछि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कफर््यू लगाएको थियो । कोहलपुरको पूर्वमा चप्परगौडी, पश्चिममा सम्झनाचोक, उत्तरमा कौशिलानगर र दक्षिणमा राँझासम्मको क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो । दिउँसो ४ बजेपछि कर्फ्यू हटाएपनि निषेधाज्ञा भने जारी छ ।
सेनाको एस्कोर्टटिङ गाडी सञ्चालन
नेपाल प्रहरीको एस्कोर्टटिङमा यसअघि रातिको समयमा यात्रु बस, मालबहाक गाडी र निजी सवारी साधन गन्तव्यमा पठाइदैं आएकोमा मंगलरबारदेखि सेनाले जिम्मा दिएको छ। मंगलबार रातिदेखि राजमार्गमा सेनाले एस्कोर्टटिङ गरी सवारी साधन बाहिर जिल्लामा पठाएको छ । मंगलबार राति र बुधबार विहान राजमार्गमा नियमित भेइकिल गस्ती थालेको सेनाले सवारी साधनलाई पनि एस्कर्टटिङ गरी जिल्ला बाहिर पठाएको हो। सेनाको एक्कोर्टटिङमा नेपालगन्ज हुँदै पश्चिममा बर्दियाको मानखोला, पूर्वमा दाङ शिवखोला र उत्तरमा बर्दिया बबईसम्म गाडी पठाएको छ ।
एलपी ग्याँस बजारमा पुग्यो
एकसातादेखि बाँके र मध्यपश्चिमका जिल्लामा बन्दका कारण भैइरहेको खाना पकाउने एलपी ग्याँसको अभाव कम गर्न प्रशासनको सुरक्षामा वितरणसम्म पठाएको छ । बाँके र बर्दियामा बुधबार विहानै ग्याँस वितरण केन्द्रमा पठाएको छ । पहाडी जिल्लामा भने रात्रिकालीन गस्तीसंगै एलपी ग्याँस पठाएको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले विहान ११ ट्रक बर्दिया र त्यही मात्रामा बाँकेका ग्याँस वितरण केन्द्रमा प्रहरी सुरक्षामा पठाएको र वितरण गरिएको बताए ।
यस्तै रात्रिकालीन गस्तीमार्फत पहाडी जिल्ला सुर्खेत, दाङ, दैलेख, सल्यानसम्म ३५ ट्रक ग्याँस पठाएको जानकारी दिए । यस्तै भारत हुँदै नेपालगन्ज भन्सारबाट ११ बुलेट एलपी ग्याँसहित नेपालगन्ज ल्याएको उनले बताए । जिल्ला प्रहरीका एसपी, आँफू स्वंय एस्कोर्टटिङमा समावेश भएर दुई सय बढी सवारी साधन गन्तव्य पठाएको उनले बताए। बाँकेको मनकामना र भेरी ग्याँस उद्योगमा ग्याँस भएपनि बजारसम्म ढुवानी र वितरण केन्द्रबाट वितरणमा सुरक्षा नभएको भन्दै उपभोक्ताले ग्याँस पाएकमा थिएनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्