
काठमाडौं, ९ भदौ । मलेसियाले नेपाली कामदारको तलब बढाउने घोषणा गरेको छ ।
मलेसियाका उपप्रधान तथा गृहमन्त्री जाहिद हमिदीले मलेसियामा रहेका नेपाली कामदारको तलब लगायतका अन्य सुविधा पनि बढाउने घोषणा गरेका हुन् । हाल मलेसिया भ्रमणमा रहेका श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पहलमा मलेसिया सरकारले नेपाली कामदारको तलब बढाउने घोषणा गरेको श्रम मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मलेसियामा सेक्युरिटी गार्ड पदमा कार्यरत नेपाली कामदारको तलब सुविधा बढाउन लागिएको हो । सेक्युरिटी गार्डका लागि मलेसिया आएका नेपाली कामदारको तलब बढाएर अब न्यूनतम २ हजार पुर्याइने तयारी भइरहेको श्रम मन्त्री टेकबहादुर गुरुङले बताए ।
श्रम मन्त्रालयका अनुसार मलेसियामा रहेका ९ लाख कामदारमध्ये अधिकांश सेक्युरिटी गार्डमा कार्यरत छन् । मलेसिया सरकारले सेक्युरिटी गार्डका लागि आउने कामरदारलाई तालिम दिएर पठाउन नेपाल सरकारलाई आग्रह समेत गरेको छ । मन्त्री गुरुङ नेपाली कामदारलाई न्यूनतम शुल्कमा वैदेशिक रोजगारीमा जाने व्यवस्था पनि चाँडै गरिने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्