×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुरोट छाडेपछि मानिस मोटाउँछन् : अध्ययन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चुरोट छाडेपछि मानिस मोटाउँछन् : अध्ययन

Artha Sarokar

९ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

(एजेन्सी) अत्याधिक चुरोट सेवन गर्नेहरु कहिलेकाँही चुरोट सेवन गर्नेको तुलनामा चुरोट छाडेपछि मोटाउने गरेका नयाँ सर्वेक्षणले देखाएको छ । अमेरिका गरिएको एक नयाँ सर्वेक्षणपछि भनिएको छ, ‘कहिलेकाँही चुरोट सेवन गर्नेका लागि यो सुखद खबर हुनसक्छ किनकी उनीहरुले चुरोट छाड्दा पनि खासै तौल बढ्नेछैन् जत्तिको अत्याधिक चुरोट सेवन गर्नेले चुरोट छाडेपछि बढ्नेछ ।’
चुरोट छाडेपछि केही न केही तौल भने अवश्य बढ्नेछ । तर तौल कति बढ्छ भन्ने विषय व्यक्तिमा भरपर्छ । १२ हजार २ सय ४ जनामाझ गरिएको सर्वेक्षणपछि प्राप्त नतिजाले भनेको छ । ‘सहज रुपमा बुझ्नुपर्दा मानिसले तौल बढाउनका लागि के गर्छ भन्ने विषयले तौल बढाउन भूमिका खेल्नेछ । तर चुरोट सेवनपछि केही न केही तौल अवश्य बढ्नेछ ।’
अनुसन्धानकर्ताले दैनिक रुपमा व्यक्तिले खाने गरेको चुरोटको संख्या र उनीहरुले चुरोट छाड्नुअघि त्यसले स्वास्थ्यमा पारेको प्रभावको विषयमा खोजी गरेका थिए । चुरोट छाडेको १० वर्षभित्र उनीहरुको तौलमा के–कस्तो परिवर्तन आयो भन्ने विषय अनुसन्धान समेटिएको छ । दैनिक १५ वटाभन्दा कम चुरोट पिउनेमाझ अध्ययन गर्दा चुरोट छाड्ने र चुरोट नछाड्नेबीच तौलमा खासै फरक देखिएन । तर २५ वा त्योभन्दा धेरै चुरोट खाने व्यक्तिबीच अध्ययन गर्दा १० वर्षअघि चुरोट छाडेका र अहिले चुरोट सेवन गरिहेका बीचको तौल अन्तर निकै देखियो । २५ खिल्लीभन्दा धेरै चुरोट खानेले चुरोट छाडेपछि २३ पाउन्डभन्दा धेरै तौल दैनिक बढेको अनुसन्धानबाट पत्ता लाग्यो । -रातोपाटी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी